दलित पार्टीको राष्ट्रिय भेला असोजमा हुने

काठमाडौं । नेपाल दलित पार्टीका अध्यक्ष मेखबहादुर कामीले पछिल्ला दिनमा जघण्य अपराधका घटना बढ्दै गए पनि त्यसलाई नियन्त्रण गर्न नसकेको आरोप लगाएका छन् ।
सो पार्टीले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी अध्यक्ष कामीले राज्यले नै जघण्य अपराधीलाई संरक्षण गरिरहेको आरोप लगाए । उनले उनले कञ्चनपुरकी निर्मला पन्त लगायतका अन्य बलात्कारपछि हत्यामा संलग्नहरुलाई तुरुन्त कारवाहीको दायरामा ल्याउन माग पनि गरे ।
अध्यक्ष कामीले नेपाल दलित पार्टीको आगामी राष्ट्रिय भेला आगामी असोज दोस्रो हप्ता हुने जानकारी दिए । उनले आगामी असोजको १६, १७ र १८ गते कास्कीको पोखरामा राष्ट्रिय भेला गरिने जानकारी दिए ।
सो भेलामा आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने उनले बताए । सो पत्रकार सम्मेलनमा अध्यक्ष कामले पार्टीले आगामी राष्ट्रिय भेलापछि नयाँ रुप लिने दावी गरे । उनले राष्ट्रिय भेलाको सबै तयारी पूरा भइसकेको जानकारी दिए ।
सो पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञपतीमा कैलालीकी माया विक र कञ्चनपुरकी निर्मला पन्तको हत्यामा संलग्नलाई जन्म कैदको माग गरिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #दलित पार्टी
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्