Techie IT
आईतबार, साउन १०,२०७८

टोखामा भीम रावललाई भेट्न पुगे माधव नेपाल


काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले उपाध्यक्ष भीम रावलसँग भेट गर्नुभएको छ । रावललाई भेट्न नेता नेपाल उनकै निवास टोखा पुग्नुभएको हो ।

बुधबार भएको आफूपक्षीय स्थायी कमिटी बैठकमा रावल सहभागी नभएपछि नेपाल रावललाई भेट्न टोखा पुग्नुभएको हो ।

नेपालका मुख्य सहयोगीका रुपमा रहेका रावलले साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेपालको निर्णयप्रति असहमति जनाएका थिए । पार्टी एकताका लागि जोड दिँदै आएका रावलले नेतृत्वप्रति असन्तुष्टि राख्दै साउन ३ गते नै सांसद पदबाट राजीनामा दिनुभएको थियो । यद्यपि उहाँको राजीनामा स्वीकृत भइसकेको छैन ।

रावल एमाले कार्यदलमा नेपाल पक्षको वार्ता टोलीका संयोजक पनि हुनुहुन्थ्यो । उक्त कार्यदलले पार्टी एकताका लागि १० बुँदे सहमति जुटाएको थियो । कार्यदलले तयार गरेको उक्त सहमतिलाई एमाले संस्थापन पक्षको स्थायी कमिटी बैठकले अनुमोदन गरिसकेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #माधव नेपाल


तपाईको कमेन्ट लेख्नुहोस्