Techie IT
मंगलबार, साउन १९,२०७८

संसदीय व्यवस्थाको भण्डाफोर गर्न एमालेले गठन गर्‍यो ‘आइटी आर्मी’


प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले पूर्वमन्त्री प्रभु साहको नेतृत्वमा आईटी आर्मी गठन गर्ने भएको छ। मंगलबार तीन बजेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले लोकन्थलीस्थित एक पार्टी प्यालेसबाट आई.टी आर्मीको घोषणा गर्ने कार्यक्रम रहेको एमालेका एक नेताले बताए ।

सरकारले आइटीमार्फत जनतामा भ्रम फैलाउनसक्ने भएकाले त्यसलाई तोड्न आईटी आर्मी निर्माण गरिएको यसको अन्तरिम घोषणा पत्रमा उल्लेख छ।

उक्त आइटी आर्मीको लक्ष्य भनेको श्रमजिवी तथा उत्पीडित जनताको मुक्ति तथा मुलुकमा सामाजिक न्याय, सुशासन, सदाचार, स्थायित्व, समृति र विकाससहित समाजवादी व्यवस्था निर्माणमा सहयोग गर्ने रहेको छ ।

आईटी आर्मीको केन्द्रीय कमिटी १ सय ५१ सदस्यीय हुनेछ।आइटी आर्मीका प्रदेश कमिटीहरू १०१ सदस्यीय प्रस्ताव गरिएको छ । यस्तै जिल्ला कमिटी ५१ सदस्यीय तथा पालिका कमिटी ३३ सदस्यीय प्रस्ताव छ ।

एमालेमा यसअघि नै ‘साइबर सेना’ समेत गठन गरिएको थियो। अध्यक्ष ओलीनिकट नेता महेश बस्नेतले साइबर सेना गठन गरेका थिए।

साइबर सेनापछि साहको नेतृत्वमा सोही प्रकृतिको आईटी आर्मी पनि गठन गरिएको हो।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #आइटी आर्मी’


तपाईको कमेन्ट लेख्नुहोस्