रिहा भएलगत्तै प्रकाण्ड पुन : पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लप’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई जिल्ला अदालत भोजपुरले धरौटीमा रिहा भएलगतै पक्राउ गरेको छ ।
ज्यान मार्ने उद्योग, विस्फोटक पदार्थ र आगजनी गरेको आरोपमा मुद्दा खेपिरहेका ‘प्रकाण्ड’ जिल्ला न्यायाधीश हरिषचन्द्र इङ्गनामको एकल इजलासले ६० हजार धरौटीमा रिहा गरिएलगतै पुनः पक्राउ गरी दाङ लगिएको बताइएको छ ।
धरौटीमा रिहा भएका प्रकाण्डलाई हालका मुख्यमन्त्री शेरधन राई चढेको गाडीमा गत कात्तिक २८ गते बम विस्फोट गराएको मुद्दामा २५ हजार, षडानन्द नगरपालिका–३ भिरथाप्लोमा भएको बम विस्फोटमा २५ हजार र साल्पासिलिछो गाउँपालिका–२ सहकारी टोलमा वाम गठबन्धनको चुनावी प्रचारप्रसार कार्यक्रममा भएको बम विस्फोटमा १० हजार धरौटीमा छुटाइएको जिल्ला अदालत भोजपुरका सूचना अधिकारी एवं स्रेस्तेदार मणिराम पोखरेलले जानकारी दिनुभयो ।
उक्त मुद्दामा सरकारका तर्फबाट जिल्ला न्यायाधिवक्ता प्रमोद भट्टराईले वादीका तर्फबाट वकालत गरेका थिए भने प्रतिवादी प्रकाण्डको पक्षमा अधिवक्ता भीषण श्रेष्ठ, जिता मुकाङ्ग र रामकुमार राईले वकालत गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय भोजपुरले भने धरौटीमा छुटेका प्रकाण्डलाई पुनः पक्राउ गरी दाङतर्फ लाने भएको छ । प्रकाण्डलाई मङ्गलबार विराटनगर हुँदै भोजपुर ल्याइएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #प्रकाण्ड
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्