बसले किचेर बालिकाको मृत्यु

पश्चिम चितवनमा स्कूल बसले किचेर आज एक बालिकाको ज्यान गएको छ । भरतपुर महानगरपालिका–१४ मा रहेको सनलाइट इङ्लिश स्कूलको ग१ख २२२५ नम्बरको बसले किच्दा सोही विद्यालयमा अध्ययनरत् पाँच वर्षिया बालिका सम्झना मिजारको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार सोही वडाको लाहुरेचोकमा उक्त घटना भएको हो । स्कूलबाट विद्यार्थीलाई घर छोड्न हिँड्दा अपराह्न ४ः४० बजे सो दुर्घटना भएको हो ।
सोही बसमा आएकी मिजार बसबाट खसेपछि सोही बसले किचेको थियो । बसले किचेर घाइते भएकी मिजरको उपचारका लागि भरतपुर ल्याउने क्रममा बाटोमा मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भरतपुर महानगरपालिका वडा नं २१ निवासी मिजार सोही विद्यालयमा नर्सरीमा अध्ययनरत् थिइन् ।
क्याटेगोरी : समाचार
ट्याग : #बसले किचेर बालिकाको मृत्यु
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ४चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ५चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ६राष्ट्रिय एकता
- ७झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ८कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
तपाईको कमेन्ट लेख्नुहोस्