साना सञ्चारमाध्यमको उचित सम्बोधनको माग गर्दै ज्ञापनपत्र

प्रेस काउन्सिल नेपालमा नेपाल पत्रकार महासङ्घ काठमाडौँ, भक्तपुर र ललितपुर शाखाले पत्रपत्रिका वर्गीकरणको पुनरावलोकनमा साना सञ्चारमाध्यमको उचित सम्बोधनको माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।
काठमाडाँै शाखाका अध्यक्ष सन्तराम विडारीको नेतृत्वमा गएको महासङ्घको टोलीले आज काउन्सिलका सदस्य गोपाल बुढाथोकीलाई ज्ञापनपत्रमा बुझाउँदै उचित पुनरावलोकनको माग गर्नुभएको हो । ज्ञापनपत्रमा साना सञ्चारमाध्यम र थोरै जनशक्ति हुनुको बाध्यताले सञ्चारमाध्यममा प्रकाशन भएका केही सामग्रीमा देखिएको स–सानो त्रुटिलाई आधार बनाएर केहीलाई ‘हुबहु’ र केहीको ग्रेड घटुवा गरिएकामा समयसीमाभित्र निवेदन प्राप्त भएका सञ्चारमाध्यमको उचित पुनरावलोकन हुनुपर्ने माग गर्नुभएको छ ।
काउन्सिलद्वारा हालै सार्वजनिक गरिएको आर्थिक वर्ष २०७२÷७३ र २०७३÷७४ को पत्रपत्रिका वर्गीकरणको नतिजा प्रकाशनपछि नेपाल पत्रकार महासङ्घको मेरुदण्डका रुपमा रहेको मुलुकको सबैभन्दा ठूला शाखाहरु क्रमशः काठमाडौँ, ललितपुर र भक्तपुरमा धेरै गुनासा रहेको उल्लेख गर्दै ती गुनासोलाई सम्बोधन गर्नुपर्ने ज्ञापनपत्रमा भनिएको छ ।
पछिल्लो समय व्यावसायिक मिडियाको बढोत्तरी भए पनि विगत लामो समयदेखि साना लगानीका सञ्चारमाध्यम र साप्ताहिक पत्रिकाले लोकतन्त्र, गणतन्त्र, प्रेस स्वतन्त्रता र सामाजिक परिवर्तनका पक्षमा पु¥याएको योगदान कदापि भुल्न नसकिने बताइएको छ । विडारीसहित महासङ्घका भक्तपुर शाखा अध्यक्ष पुष्कर बुढाथोकी र ललितपुर शाखाका अध्यक्ष ज्ञानप्रसाद पौडेलसमेत जानुभएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #साना सञ्चारमाध्य
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्