Techie IT
मंगलबार, साउन १९,२०७८

खाँदबारी नगरपालिकाद्वारा ६५ करोडको बजेट प्रस्तुत

भर्चुअल माध्यमबाट खाँदबारीको नगरसभा ( फोटो फिचर )


खाँदबारी नगरपालिकाको नवौ नगरसभाले आगामी आर्थिक वर्षका लागि ६५ करोडको अनुमानित बजेट प्रस्तुत गरेको छ । खाँदबारीका नगर प्रमुख मुरारीप्रसाद खतिवडाले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम कोभिड १९ का कारण भर्चुअल माध्यमबाट सार्बजनिक गर्नुभयो ।

भर्चुअल  माध्यमबाट गरिएको नवौँ नगरसभामा मेयर खतिवडाले आर्थिक वर्ष २०७८/०७९ लागि रु ६५ करोडको १५ लाख ७२ हजार ८ सय रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो । कोरोना संक्रमणका कारण एकै ठाउँमा भेला हुने अवस्था नभएपछि भर्चुअल माध्यमबाट नगरसभा गर्नु परेको नगरप्रमुख खतिवडाले जानकारी दिनुभयो।

बजेट प्रस्तुत गर्नुहुदै खाँदबारी नगरपालिकाका मेयर मुरारीप्रसाद खतिवडा । तस्बिर : सुजन बज्राचार्य फोटो स्टेसन खाँदबारी

पर्यटन प्रवद्र्धन, भौतिक पूर्वाधार निर्माण, आधुनिक कृषि, व्यावसायिक पशुपालन, गरिबी निवारण, नदी नियन्त्रण र आयआर्जनका कार्यक्रमलाई बजेटमा प्राथमिकता दिइएको छ । गुणस्तरीय शिक्षा, स्वास्थ्य, खेलकूद लगायतलाई बजेटमा स्थान दिइएको छ । कृषि क्षेत्रमा थोपा सिचाई र लिफ्ट सिचाईलाई प्राथमिकता दिने, सुलभ मुल्यमा फलफुलका विरुवा वितरा गर्ने, उन्नत जातका पशुपालनका लागि श्रोत केन्द्र स्थापना गर्ने, व्यवसायिक खेतीलाई अनुदानको सहयोग गर्ने आदि योजना सार्वजनिक गरिएको छ ।

खाँदबारी नगरपालिकाको तुम्लिङ्टारबाट सेकाहा हुदै त्यहाँबाट प्याराग्लाईडिङ गरी चेवावेसी र चेवाबेसीबाट अरुण नदीमा र्याफ्टिङ गराउने लक्ष राखिएको छ । पर्यटकलाई मनोरञ्जन दिलाउन नीजि क्षेत्रसंग सहकार्य गर्ने, मनकामना धामको गुरुयोजना तयार गर्ने प्रमुख खतिवडाले बताउनुभयो ।

खाँदबारीले कोभिडको महामारीलाई ध्यानमा राखेर भर्चुवल बिधिको प्रयोग गरेर निति तथा कार्यक्रम ल्याएको हो । वडाध्यक्ष, सदस्य र कार्यपालिकाका सदस्यहरुले वडामै बसेर नगरको कार्यलयमा गरिएको निति तथा कार्यक्रममा सहभागी भएका थिए ।

संखुवासभाका अन्य ९ वटा स्थानीय तहले पनि बिहीबार निति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

नगरसभामा नीति तथा बजेट कार्यक्रम प्रस्तुत गर्नु हुँदै नगर प्रमुख खतिवडाले आयतर्फ वित्तीय समानीकरणमा १७ करोड ८५ लाख, शसर्त अनुदानमा एकमुष्ट ३२ करोड रहेको बताउनुभयो । प्रदेशबाट समानीकरणमा १ करोड ६ लाख, प्रदेश राजश्व बाडफाडमा ९८ लाख र आन्तरिक आम्दानीबाट ५ करोड आय हुने अनुमान खाँदबारी नगरपालिकाले गरेको छ ।


क्याटेगोरी : विशेष, समाचार, स्थानीय
ट्याग : #खाँदबारी नगरपालिका, #खाँदबारीको बजेट, #संखुवासभा



तपाईको कमेन्ट लेख्नुहोस्