नेपालटारमा २० वर्षीय जेनिशा श्रेष्ठको रहस्मय मृत्यु

काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ११ मा रहेको नेपालटारमा एक युवतीको रहस्मय मृत्यु भएको छ ।सुन्धारास्थित रोयल ग्यालेक्सी डाक्स बारमा काम गर्ने २० वर्षीय जेनिशा भनिने कोपिला श्रेष्ठको अाइतबार राति रहस्यमय मृत्यु भएको हो । महानगरिय प्रहरी वृत बालाजुले घटनामा संलग्न भएको आशंकामा प्रेमी सागर कार्कीलाई पक्राउ गरेको छ ।
उनलार्इ भोलि मंगलबार अदालतबाट म्याद थपेर थप अनुसन्धान गर्ने तयारी गरिएको बालाजुका डिएसपी चिरञ्जीवी कोइरालाले जानकारी दिए । उनका अनुसार डान्स बारमै चिनजान भएर नजिकिएका उनीहरु नियमित जसो भेटघाट गरिरहन्थे ।
प्रहरीलाई युवकले दिएको बयान अनुसार उनीहरुले दिनभर जेनिशाकै कोठामा मदिरा पिएर बसेका थिए । सागरका अनुसार उनी ट्वाइलेटमा गएको वेला जेनिशा सलले पासो लागेर झुण्डिएकी हुन । उनले अाफूले देख्ने वित्तिकै त्रिवि शिक्षण अस्पताल लगेको र उनको त्यही मृत्यु भएको बताएका छन । कार्कीको बयानमा प्रहरी ढुक्क हुननसकेकाले हत्याको अाशंका गरिएको छ । प्रहरीले पोष्टमार्टम रिपोर्ट अाएपछि थप जानकारी हुने बताएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #रहस्मय मृत्यु
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्