Techie IT
मंगलबार, साउन १९,२०७८

खाँदबारी नगरपालिकामा ६३ देखि ६४ उमेर समुहकाले लगाए भेरोसेल खोप ( फोटो फिचर )


संखुवासभाको खाँदबारी नगरपालिकामा दुई दिनमा ३ सय बढीले चिनियाँ खोप ‘भेरोसेल’ लगाएका छन् । नगरपालिकाका ११ वटै वडामा खोप केन्द्र बनाएर नगरले यही जेठ २८ र २९ गते खोप लगाउने कार्यकम गरेको थियो ।

खाँदबारी नगरपालिकाले दोस्रोपटक ६३ देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई सुरु गरेको खोप अभियान कार्यक्रममा दुई दिनमा ३ सय ५६ जना सहभागी भएको नगरको स्वास्थ्य शाखाले जानकारी गराएको छ । खोप अभियानको पहिलो दिन २ सय ७५ जना सहभागी भएका थिए भने दोस्रो दिन ८१ जना सहभागी भएको स्वास्थ्य शाखाका प्रमुख दिलिप श्रेष्ठले जानकारी दिनुभयो ।

नगरपालिकाले खोप लगाउने कार्यसञ्चालन गर्दा नागरिकलाई सहज होस भनि २८ गते नगरको ११ वटै वडामा खोप कार्यक्रम संचालन गरेको थियो भने २९ गते जिल्ला अस्पताल खाँदबारीमा छुट भएका नागरिकलाई खोप कार्यक्रम गरिएको नगरको स्वास्थ शाखाले जनाएको छ ।


क्याटेगोरी : tags, फोटो फिचर, विशेष, समाचार, स्थानीय, स्वास्थ्य
ट्याग : ##कोभिड१९, #hot, #खाँदबारी नगरपालिका, #भेरोसेल खोप, #संखुवासभा


तपाईको कमेन्ट लेख्नुहोस्