Techie IT
सोमबार, जेठ ३१,२०७८

चितवनमा लागूऔषध सहित एक महिला पक्राउ


चितवन । चितवनमा लागूऔषध कारोबार गर्ने एक महिला पक्राउ परेकी छिन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका वर्डा नम्बर १६ घर भई हाल सोही ठाउँको वर्डा नम्बर २ आदर्शनगरमा डेरा गरी बस्ने २५ बर्षीया एलिसा कुँवरलाई प्रहरीले प्रतिबन्धित लागूऔषध सहित पक्राउ गरेको हो ।

प्रहरीका अनुसार हिजो (मंगलबार) दिउँसो ३ बजे कुँवरको कोठामा खानतलासी गर्दा प्रतिबन्धित लागूऔषध डाइजेप लेखिएको ८४ एम्पुल, नुरफ्रिङ लेखिएको ८२ एम्पुल, फेनारगन लेखिएको ८१ एम्पुल गरी २४७ थान ट्याब्लेटसहित एक थान मोबाईल र सत्र हजार पाँचसय पच्चिस रुपैयाँ नगदसमेत बरामद गरेको जनाएको छ ।

पक्राउ परेकी कुँवरमाथि सम्मानित चितवन जिल्ला अदालतबाट म्याद अनुमती लिई थप अनुसन्धान गर्ने कार्य भईरहेको प्रहरीले जनाएको छ । उनलाई अहिले जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राखिएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
23°
Mostly Cloudy
05:0719:00 +0545