Techie IT
आईतबार, साउन १०,२०७८

संखुवासभामा गर्भवतीको हेलिकप्टरबाट उद्धार ( फोटोफिचर )


जिल्ला अस्पताल संखुवासभामा सुत्केरी पछि अत्याधिक रक्तश्राव भएकी संखुवासभा मांतेवाकी २६ बर्षीया मुना बिकको हेलिकप्टरबाट आज उद्धार गरिएको छ ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम र सरकारको आमा सुरक्षा कार्यक्रम अन्तर्गत सञ्चालन गरेको हवाई उद्धार सेवा मार्फत संखुवासभा सिलिचुङ्ग गाउँपालिकाको एक गर्भवति महिलालाई बिहिबार सेनाको हेलिकप्टरबाट उपचारर्थ काठमाडौ लगिदै । तस्बिर : सुजन बज्राचार्य / फोटो स्टेसन खाँदबारी

सिलिचोङ गाउँपालिका ४ मांतेवाकी बिक सुत्केरी हुन बिहिबार जिल्ला अस्पताल आउनुभएको थियो । राष्ट्रपति महिला उत्थान कार्यक्रम र सरकारको आमा सुरक्षा कार्यक्रम अन्तर्गत उँहालाई हेलिकप्टरबाट उद्धार गरेर थप उपचारका लागि संघीय राजधानी पठाइएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताउनुभयो ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम र सरकारको आमा सुरक्षा कार्यक्रम अन्तर्गत सञ्चालन गरेको हवाई उद्धार सेवा मार्फत संखुवासभा सिलिचुङ्ग गाउँपालिकाको एक गर्भवति महिलालाई बिहिबार सेनाको हेलिकप्टरबाट उपचारर्थ काठमाडौ लगिदै । तस्बिर : सुजन बज्राचार्य / फोटो स्टेसन खाँदबारी

जिल्ला अस्पतालमा डा भिमबहादुर लामाको टोलीले उँहाको शुक्रबार राति सफल सल्यक्रिया गरेका थिए । सुत्केरी भएपछि अत्याधिक रक्तश्राब भएपछि उँहालाई उद्धार गरेर काठमाण्डौ पठाउनु परेको अस्पतालका प्रशासन प्रमुख दीपेश श्रेष्ठले बताउनुभयो । रक्तश्राब धेरै भएपछि आमाको अवश्था बिग्रिदै गएको र बच्चाको पनि अवश्था सामान्य नभएपछि हेलिकप्टरको विकल्प नभएको चिकित्सकको भनाई छ ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम र सरकारको आमा सुरक्षा कार्यक्रम अन्तर्गत सञ्चालन गरेको हवाई उद्धार सेवा मार्फत संखुवासभा सिलिचुङ्ग गाउँपालिकाको एक गर्भवति महिलालाई बिहिबार सेनाको हेलिकप्टरबाट उपचारर्थ काठमाडौ लगिदै । तस्बिर : सुजन बज्राचार्य / फोटो स्टेसन खाँदबारी


जिल्लाबाट धरान या विराटनगर रिफर गर्दा धेरै समय लाग्ने भएकाले उँहाको थप उपचार गर्न हेलिकप्टरनै ल्याउनु परेको हो । राजधानीमा सुत्केरी उँहाको प्रशुति गृह थापाथलीमा उपचार हुनेछ । मुनाको यो सातौ पटकको गर्भ रहेको उपचारमा सम्लग्न स्वास्थयकर्मीले जानकारी दिए ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम र सरकारको आमा सुरक्षा कार्यक्रम अन्तर्गत सञ्चालन गरेको हवाई उद्धार सेवा मार्फत संखुवासभा सिलिचुङ्ग गाउँपालिकाको एक गर्भवति महिलालाई बिहिबार सेनाको हेलिकप्टरबाट उपचारर्थ काठमाडौ लगिदै । तस्बिर : सुजन बज्राचार्य / फोटो स्टेसन खाँदबारी


क्याटेगोरी : फोटो फिचर, विशेष, समाचार, स्वास्थ्य
ट्याग : #hot, #आमा सुरक्षा कार्यक्रम, #जिल्ला अस्पताल संखुवासभा, #राष्ट्रपति महिला उत्थान कार्यक्रम, #संखुवासभा


तपाईको कमेन्ट लेख्नुहोस्