Techie IT
मंगलबार, साउन १९,२०७८

टोखाको उपप्रमुखमा ९९ भोट ल्याउने गुरुङ भईन राज्यमन्त्री


 

२०७४ शालको स्थानीय तहको निर्वाचनमा  पराजित भएकी रेणुका गुरूङ प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा राज्यमन्त्री भएकी छिन्।

तत्कालीन संघीय समाजवादी फोरम, नेपालबाट उम्मेदवार बनेकी गुरूङले उपप्रमुखमा ९९ मत पाएको निर्वाचन आयोगको तथ्यांक छ।

२०७४ मा भएको स्थानीय तहको निर्वाचनमा उनी काठमाडौंको टोखा नगरपालिकाको उपप्रमुखमा उम्मेदवार बनेकी थिइन्।

। उनी स्थानीय तहको निर्वाचन अघि फोरमको टोखा नगर कमिटी अध्यक्ष बनेकी थिइन्। उपप्रमुखमा पराजित गुरूङलाई फोरमले प्रतिनिधि सभाको समानुपातिक उम्मेदवार बनाएको थियो। उनी समानुपातिकबाट प्रतिनिधि सभा सदस्य बनेकी थिइन्।


क्याटेगोरी : समाचार
ट्याग : #रेणुका गुरूङ


तपाईको कमेन्ट लेख्नुहोस्