चितवनमा आइसल्याण्ड सहित ३ वटा कम्पनीको मात्रै शुद्ध पानि

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले बिभिन्न पानि उत्पादक कम्पनीहरुमा छापा मारेको छ । जिल्लामा उत्पादित पानिहरुमा मिसावट एवं न्युनतम मापदण्डसमेत प्रयोग नगरी स्वास्थलाई हानिकारक हुने प्रदुशित पानिको बिक्री बितरण भइरहेकको जनस्तरबाट तिब्र आलोचना आएपछि जिल्ला प्रशासन कार्यालय चितवनको अनुगमन टोलीले मापदण्ड विपरीत पानी उत्पादन गरेको भन्दै १० वटा उद्योगलाई बन्द गरेको छ भने १७ वटा कम्पनीको अनुगमन गरेको छ । जसमध्य आइसल्याण्ड ड्रप , हाइल्याण वाटर र आमगन वाटरद्धारा उत्पादित पानि पिउन योग्य रहेको बताइएको छ ।
सो कम्पनीहरुले मात्र अटोमेटिक मेसिनको प्रयोग गरेर उद्योग संचालन गरेका छन । खैरहनी, रत्ननगर र भरतपुरको विभिन्न स्थानमा रहेका उद्योगहरुले हाते प्रविधिबाट पानी भर्ने गरेको खाध्ये निरीक्षक प्रविन तिवारीले जानकारी दिए ।
भौतिक संरचना पुरा नगरेका तीन वटा उद्योगलाई भने बन्द गनै गरिने जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ । भरतपुरको इच्छाकामना इन्डस्ट्री, रत्ननगरको अक्ता शक्ति पानी उद्योग र पियोर ट्रप पानी उद्योग भने अझै बन्द रहने छन् । तर, प्रमुख जिल्ला अधिकारी निर्देशिका विपरीत चलेको उपभोक्ता अधिकारकर्मीहरुको आरोप लागएका छन् ।
जिल्ला प्रशासन कार्यालयमा क्षेत्रिय खाद्यय प्रविधि कार्यालय हेटौडाका प्रमुख राजकुमार रिजालको नेतृत्वमा बसेको बैठकले मापदण्ड विपरीत सञ्चालिन उद्योगलाई बन्द गरिने समेत निर्णय गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #पानि कम्पनीहरुमा छापा
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्