Techie IT
आईतबार, साउन १०,२०७८

चण्डेश्वरी मन्दिरको पुरातात्विक स्थल धौख्योंचालाई भत्कायर सिंगापुर कोलोनीलाई बाटो , स्थानीय आक्रोशीत


टोखा । चण्डेश्वरी मन्दिरको पुरातात्विक तथा धार्मिक स्थल धौख्योंचालाई विनास गरी व्यक्तिको व्यावसायिक स्वार्थ पूर्तिका लागि सिंगापुर कोलोनीको लागी बाटो खोलीएको छ ।

चण्डेश्वरी निमार्ण तथा संरक्षण समितका अध्यक्ष ध्रुवराज जोशीले ऐतिहासीक धार्मिक स्थलमा रहेको करिब २ रोपनी जग्गा मासेर सिंगापुर कोलोनीका नाममा गरिएको प्लष्टिङलाई बाटो निकाशा दिन चण्डेश्वरी मन्दिरको जग्गा दुरपयोग गरेको स्थानियको भनाई छ ।
टोखा संस्कृति संरक्षण विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठका अनुसार चण्डेश्वरी मन्दिरको पश्चिममा रहेको शिव मन्दिरको हवन बगैंचामा रहेको सयौं वर्ष पुरानो आँपको रुख लगायत अन्य रुखहरु पनि अनाधिकृत रुपमा काटेको पाइएको छ भने ढैछ्यमा रहेको शिवलिङ्गलाई समेत भत्कायर बाटो बनाइएको छ ।

चण्डेश्वरी मन्दिरमा आउने भक्तजनले प्रयोग गर्ने २ वटा सार्वजनिक शौचालय समेत भत्काएको छ । हाल मन्दिरमा आउने भक्तजनहरु खुल्ला ठाउँमा शौचालय गर्न बाध्य छन्।

टोखा संस्कृति संरक्षण विकास समितिका पदाधिकारीहरु आफू वडामा जाँदा बाटोकै लागी उपयुक्तm हुने बताएको र वडाकार्यालयकै मिलेमतोमा सिंगापुर कोलोनीलाई
सम्पदा मासेर बाटो खनेको श्रेष्ठको आरोप छ ।

आफूले मौखीक रुपमा पटक पटक वडामा प्रश्न उठाउदा त्यसको कुनै सुनुवाई नहुँदा अव नगरपालिका लगायत सम्बन्धित निकायमा उजुरी दिने तयारी रहेको उनको भनाई छ ।

सिंगापुर कोलोनीका नाममा गरिएको प्लानीङ्गको उत्तरतर्फ रहेको २० रोपनी सार्वजनिक जमिन
समेत प्लटिङवालाले आफ्नो कम्पाउण्ड भित्र पारेको छ ।

यसैबिच चण्डेश्वरी क्लबका अध्यक्ष गगन श्रेष्ठले कुनै ब्यक्ती बिषेशको स्वार्थले मात्र नभई सामुदायीक हितका लागी काम हुनुपर्ने बताए । स्थानिय बासी र सरोकारवालाहरु संग प्रयाप्त सल्लाहबिना बाटो खोल्नु दुखत रहेको उँहा बताउनुहुन्छ । सडक नभएको कारण नगरपालिकाबाट चण्डेश्वरी झरनाको लागी बिनियोजन भएको नौ लाख रुपैयाको योजना ढुवानीमा समस्या भएको उनी बताउछन ।

टोखामा धौख्यौंचालाई वर्षात गर्ने भगवानका रुपमा पुजिने गरिन्छ । कुनै पनि असार १५ गतेसम्म
पनि वर्षात भएन भने स्थानीय किसानहरु मिलेर ‘हरहर महादेव पानी देउ’ भन्दै शिव भगवानको
आराधना गर्दै सो स्थलमा गएर धौख्यौंचालाई उत्तानो पारेर छोडेपनि त्यसै रातदेखि वर्षात हुने
जनविश्वास छ । र, कयौं वर्ष अनावृष्टि र अल्पवृष्टि हुँदा यसो गरिएको र संयोगवश पानी पनि
पर्ने गरिएको यहाँका बुढापाकालाई मात्र हैन, युवाहरुलाई पनि स्मरण छ ।

यसै बिच चण्डेश्वरी निमार्ण तथा संरक्षण समितका अध्यक्ष ध्रुवराज जोशीले स्थानीयबासीले लगाएको आरोपलाई स्वीकरर्दे पुरनो गोरेटो बाटोलाई सडक बिस्तार गरिएको तथा मन्दिरमा लामाहरुले पुजा गर्ने लामफल बसालको बाँयापटीबाट सडक खनेको बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #चण्डेश्वरी मन्दिर


तपाईको कमेन्ट लेख्नुहोस्