नागरिक समाज तथा स्थानिय सरकारबीच को सहकार्यका बिषयमा इन्सेकको छलफल सम्पन्

सरोज ओझा
काठमाडौं, १२ भाद्र ( इन्सेक तीन नम्बर प्रदेश कार्यालयले मंगलवार काठमाडौंमा ुबर्तमान परिपेक्षमा नागरिक समाज तथा स्थानिय सरकारबीच को सहकार्यका अवसर र चुनौतीु बिषयक छलफल कार्यक्रमको आयोजना गरेको छ । मानव अधिकार संजाल, काठमाडौंका अध्यक्ष प्रदिप डङ्गोलको अध्यक्षतामा चलेको उक्त छलफल कार्यक्रममा ०३ नम्बर प्रदेशका साम्सदद्वय दिपक निरौला र बेलिमाया घले, जिल्ला समन्वय समिति काठमाडौंका सदस्य उद्धब भण्डारी, टोखा नगरपालिकाका उपमेयर ज्ञानमाया डङ्गोल, इन्सेक(तीन नम्बर प्रदेशका संयोजक कृष्ण गौतम, सिबिनका कार्यक्रम ब्यबस्थापक भरत अधिकारी र काठमाडौं जिल्ला स्थित बिभिन्न नगरपालिकाका प्रतिनिधि तथा सामाजिक संगठन सम्बद्ध नागरिक समाजका प्रतिनिधिको सहभगिता रहेको थियो ।
छलफलका दौरानमा संघिय नेपालमा पछील्लो समयमा नागरिक समाज तथा स्थानिय सरकारबीच हुँदै आएका सहकार्य र समन्वयको अवस्था र दुवै पक्षले भावी दिनमा खेल्नुपर्ने भूमिकाका लगायतका बिषयमा घनिभुत छलफल गरिएको थियो । छलफलका क्रममा जनप्रतिनिधीहरुले आफ्नो धारणा राख्दै स्थानिय तहको बिकास प्रकृयामा नागरिक समाजको भूमिका महत्वपूर्ण रहने बताएका थिए भने स्थानिय तहमा दर्ता भएका तथा सामाजिक गतिबिधीमा सङ्लग्न सबै गैर सरकारी संस्थाहरु सहि ढंगले चल्न नसकेको बेहोरा उल्लेख गरेका थिए । छलफलका क्रममा नागरिक समाजका प्रतिनिधिहरुले स्थानिय सरकारले गैर सरकारी संस्थाहरुको बर्गिकरण गरी औचित्य र आवश्क्ताका आधारमा दर्ता प्रकृया सम्पन्न गर्ने तथा सहयोग र समन्वय गर्नुपर्ने बताएका थिए ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्