रौतहटमा डुङ्गा दुर्घटनामा परि बेपत्ता मध्ये २ जनाको शव फेला

रौतहट । रौतहटको गौर नगरपालिका–४ स्थित टीकुलिया घाटमा शनिबार साँझ भएको डुङ्गा दुर्घटनामा परि बेपत्ता मध्ये दुई जनाको शव फेला परेको छ । ५ जना अझै हराइरहेका छन् । औरैयाका ३५ वर्षीय रुनादेवी पटेल र गौर नगरपालिका–४ टीकुलियाकी शान्ती देवीको शवभारतको शिवघर जिल्ला जमुवा घाटमा फेला परेको प्रहरीले जनाएको छ।
उक्त घटनामा २४ जना पौडिएर बाच्न सफल भएकाछन्। उनीहरु स्थानीय प्रशासनको सम्पर्कमा आइसकेका छन्। खेतीबाट काम गरेर फर्किदै गर्दा पुलको पिलरमा ठोक्किएर डुङ्गा डुबेको थियो।
आइतबार बिहान १० बजेसम्म हराइरहेका ५ जना बारेजानकारी नआएको र खोजी जारी रहेकोप्रमुख जिल्ला आधिकारी गोविन्दप्रसाद रिजालले बताए। उनीहरुको खोजीमा भारतीय सीमा सुरक्षा बलको टोली समेत खटिएको छ। अहिले दुर्घटनाग्रस्त डुङ्गा बाहिर निकाल्ने प्रयास भइरहेको छ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #रौतहटमा डुङ्गा दुर्घटना
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ४राष्ट्रिय एकता
- ५आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ६झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ७चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ८कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
तपाईको कमेन्ट लेख्नुहोस्