Techie IT
सोमबार, जेठ ३१,२०७८

मोटरसाइकल चोरी गरेको आरोपमा तीन जना पक्राउ


चितवन । चितवन प्रहरीले मोटरसाइकल चोरी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर १९ बस्ने प्रेम सिंह तामाङले आफ्नै घर अगाडीको बरन्डामा पार्किङ गरिराखेको अवस्थामा मोटरसाइकल हराएको भनी प्रहरीमा निवेदन दिएपछि जिल्ला प्रहरी कार्यालय चितवन र प्रहरी बिट कृष्णपुरबाट खटिएको प्रहरीको टोलीले गैडाकोट नगरपालिका ७ गैह्रीटोल स्थाथी घर भई भरतपुर महानगरपालिका ५ मा डेरा गरी बस्ने २८ बर्षीया दुर्गा पौडेल, गैडाकोट नगरपालिका ९ थम्सी बस्ने २० बर्षिया सन्दिप आले र भरतपुर महानगरपालिका १९ शारदानगर बस्ने २० बर्षकै आकास तामाङलाइ पक्राउ गरेको हो ।
उनीहरुलाइ बैशाख २८, २९ र ३० गते छुट्टाछुट्टै स्थानबाट पक्राउ गरिएको चितवनका प्रहरी प्रमुख ओम प्रसाद अधिकारीले जानकारी दिए । (एसपी) अधिकारीका अनुसार अनुसन्धान एवं खोजतलास गर्ने क्रम्मा बैशाख २८ गते भरतपुर १९ शारदानर बस्ने २० बर्षीया आकास तामाङलाई नियन्त्रणमा लिई सोधपुछ गर्ने क्रममा उनको गैंडाकोट ७ गैह्रीटोल स्थायी घर भई भरतपुर ५ गुम्वाटोलमा डेरा गरी बस्ने अन्दाजी २८ बर्षिया दुर्गा पौडेलको कोठामा लुकाइछिपाई राखेको अवस्थामा हराएको उक्त मोटरसाइकल बरामद गर्न सफल भएका हौं ।
मोटरसाईकल बरामद गरी सोधपुछ गर्दा उक्त घटनामा संलग्न सोही ठाउँको थुम्सी बस्ने बर्ष २० को सन्दिप आलेको समेत संलग्नता रहेको खुलेपछि उनलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान गर्ने कार्य भईरहेको छ, एसपी अधिकारीले भने ।

क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
22°
Mostly Cloudy
05:0719:00 +0545