कञ्चनपुर घटनाका दोषीलाई कारबाही गर्न विवेकशील साझा पार्टीको माग

विवेकशील साझा पार्टीले मुलुकमा दिनानुदिन बढ्दो यौनजन्य हिंसा एवं बलात्कारपछि हत्या नै गर्नेसम्मका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । पार्टीका प्रवक्ता रमेश पौड्यालद्वारा आज जारी विज्ञप्तिमा मुलुकमा पछिल्लो समय बढ्दै गएको यसखाले जघन्य अपराधमा संग्लनलाई कानूनको दायरामा ल्याई हदैसम्मको सजाय दिलाउन सरकारसमक्ष जोडदार माग गरिएको छ ।
विवेकशीलले बिहीबार कञ्चनपुरमा भएको घटनाका दोषीलाई कारबाही गरी घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गरिएको छ । गृहमन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट छानबिन समिति गठन गर्नुलाई सकारात्मकरूपमा लिएको बताउँदै प्रवक्ता पौड्यालले अन्य विभिन्न घटनामा बन्ने छानबिन समितिजस्तै यो समिति पनि कर्मकाण्डी मात्रै नहोस् भन्नेमा सरकारको ध्यानाकर्षण गराएको छ । गत साउन ११ गते कञ्चनपुरको भीमदत्त–२ मा १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि निर्ममतापूर्वक हत्या गरिएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #विवेकशील साझा पार्टी
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्