Techie IT
बुधबार, वैशाख २२,२०७८

गोदावरी जंगलमा १३ वर्षीया बालिका बलात्कृत


ललितपुरकाे गोदावरी जंगलमा १३ वर्षीया बालिका बलात्कृत भएकी छिन् ।  ललितपुरको एक घरमा घरेलु कामदारको रुपमा राखिएकी १३ वर्षीया बालिकालार्इ घर लगिदिन्छु भन्दै  जंगलमा पुर्‍याएर उनीमाथि बलात्कार गरीएकाे हाे।

बालिकामाथि बलात्कार भएको मेडिकल रिपोर्टले पुष्टि गरेको  प्रहरीले जनाएकाे  छ । त्यहाँ बलात्कारपछि बालिकालाई छोडेर बलात्कारी फरार भएकाे जानकारी प्रप्त भएकाे छ । स्थानीयले नै बालिकालाई महानगरीय प्रहरी वृत्त, सातदोबाटोसम्म ल्याएको र फरार रहेका युवकको खोजी भइरहेको प्रहरी परिसर ललितपुरले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #बालिका बलात्कृत


तपाईको कमेन्ट लेख्नुहोस्