स्थानीय तहबाट मनोमानी कर वृद्धि गरेर जनताको ढाड सेक्ने काम गरिएकामा सांसदहरुद्धारा आपत्ति

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले देशव्यापी रुपमा स्थानीय तहबाट मनोमानी कर वृद्धि गरेर जनताको ढाड सेक्ने काम गरिएकामा आपत्ति जनाउनुभएको छ ।
स्थानीय तहले कर लगाउने व्यवस्था संविधानमा भए पनि कुन क्षेत्रमा कस्तो कर लगाउने भन्ने विचार नगरिकन हचुवाको भरमा निर्णय गरिएको उहाँहरुको गुनासो थियो ।
करका विषयमा देशव्यापी रुपमा विरोध र आलोचना भएकाले तत्काल यस विषयमा स्पष्ट निर्देशन दिन सांसदहरूले सरकारसँग आग्रह गर्नुभयो । जनताले तिर्न नसक्ने र क्षेत्राधिकार नै नभएका विषयमा समेत कर लगाएर सङ्घीय शासन प्रणालीमा नै आँच आउने काम नगराउन उहाँहरुले सदन र सरकारको ध्यानाकर्षण पनि गराउनुभयो । यसरी ध्यानाकर्षण गराउनुहुनेहरूमा सांसद अमरेशकुमार सिंह, उमेश श्रेष्ठलगायत हुनुहुन्थ्यो ।
सांसद गगन थापाले विकासको रोमाञ्चक यात्रा विनाशमा गएर नटुङ्गियोस् भन्दै भौतिक पूर्वाधार निर्माण गर्दा विशेष ख्याल गर्न आग्रह गर्नुभयो भने सांसद आशाकुमारी विक, कृष्णभक्त पोखरेलले पनि समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्