बालिकामाथि अप्राकृति मैथुन गर्ने प्रधानाध्यापक पक्राउ

आफैले अध्यापन गराउने बालिकामार्थि अप्राकृति मैथुन गर्ने पर्वतका एक शिक्षक पुर्पक्षका लागि थुनामा परेका छन् ।
फलेबास नगरपालिका–६ स्थित माझीगाँउ प्राथमिक विद्यालयका प्रधानाध्यापक खिलप्रसाद पौडेललाई पर्वत जिल्ला अदालतका न्यायाधीश दयराम पोखरेलको इजलासको आदेश पछि शुुुक्रबार थप अनुसन्धानका लागि कारागार चलान गरिएको हो ।
थुनामा परेका प्रअ पौडेलले विद्यार्थीलाई मुख मैथुन गराउँदै आएको अभियोग लागेको छ । फलेवास नगरपालिका–६ मा रहेको माझीगाउँ प्राविमा अध्ययनरत सातदेखि बाह्र वर्ष उमेरका तीन बालिका र अर्को एक विद्यालयमा अध्ययनरत सोही उमेर समूहकी अर्की बालिकालाई पटक–पटक फकाएर अप्राकृतिक मैथुन गराएको अभियोगमा साउन ६ गते उनलाई पक्राउ गरिएको थियो
प्रअ पौडेलले करीब एक वर्षअघिदेखि आफ्नो यौनाङ्ग खेलाउन लगाउने र आफूले पनि बालबालिकाको यौनाङ्ग खेलाइदिने गरेको पीडित बालबालिकाले आफ्ना अभिभावकलाई बताएका थिए । अभिभावकले प्रअ पौडेललाई कालोमोसो र जुत्ताको माला लगाउनुका साथै फलेबासस्थित प्रहरी चौकीमा बुझाएका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #hot
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्