Techie IT
आईतबार, असोज ११,२०७७

आजदेखि यौन सम्पर्कलागि श्रीमतिको स्वीकृति बिना श्रीमानले गरे पाँच वर्ष कैद


१ भदाै, काठमाडाैँ । श्रीमतिलाई जबर्जस्ती करणी गरेमा श्रीमानलाई ५ वर्षसम्म कैद सजाय हुने भएको छ । मुलुकी अपराध संहिता ऐनअनुसार श्रीमानले यौन सम्पर्कका लागि श्रीमतिसँग स्वीकृति लिनैपर्ने हुन्छ । श्रीमतिले आफूलाई श्रीमानले जबर्जस्ती करणी गरेको उजुरी दिएमा कानुनअनुसार कारबाही भोग्नुपर्नेछ ।

संहिताको परिच्छेद –१८ करणी सम्बन्धी कसूरको दफा दुई सय १९ को उपदफा ५ मा यस्तो व्यवस्था गरिएको छ । यस्तै नयाँ संहिताअनुसार सामूहिक जबर्जस्ती करणी गर्ने दोषीलाई २५ वर्षसम्म जेल सजाय हुने व्यवस्था छ ।

जबर्जस्ती करणीका दोषीलाई हाल कार्यान्वयनमा रहेको मुलुकी ऐनको तुलनामा दोब्बर सजाय हुने व्यवस्था नयाँ संहिताले गरेको हो । कानुनमा पीडित बालिका र महिलाको उमेर हेरिकन अपराधीलाई सजायको व्यवस्था गरिएको छ ।

बलात्कारमा संलग्नलाई ७ वर्ष देखि २० वर्षसम्मको जेल सजाय हुन्छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #यौन सम्पर्क


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545
error: कपि गर्न सख्त मनाही छ !!