गृहसचिव प्रेमकुमार राईद्वारा नेपाल प्रहरी अस्पतालनिरीक्षण

काठमाडौं, २९ साउन
गृहसचिव प्रेमकुमार राईले नेपाल प्रहरी अस्पताल महाराजगंजको मंगलबार निरीक्षण तथा अवलोकन भ्रमण गर्नुभएको छ । सो अवसरमा उहाँले अस्पतालको नयाँ तथा पुरानो वार्ड भवन, ओपिडी, पुस्तकालय, प्याथोलोजी लगायतको निरीक्षण गर्नुभयो ।
भ्रमणको क्रममा अस्पतालमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई सम्बोधन गर्दै गृहसचिव राईले प्रहरी अस्पतालले अन्य अस्पताल सरह उत्कृष्ट स्वास्थ्य सेवासुविधा प्रदान गरेको चर्चा गर्दै प्रहरी अस्पताललाई मेडिकल कलेज बनाउनका लागि आवश्यक पहल गर्ने बताउनुभयो । सेवाग्राहीलाई समानरुपमा गुणस्तरीय सेवा प्रदान गर्नुपर्ने उल्लेख गर्दै उहाँले अस्पतालबाट प्रदान गरिने स्वास्थ्य सुविधा बृद्धि गर्दै लैजानु पर्नेमा जोड दिनुभयो ।
अस्पतालमा कार्यरत प्राविधिक जनशक्तिलाई अझै दक्ष बनाउने र वृत्तिविकासमा ध्यान दिई प्रोत्साहित गर्नुपर्नेमा जोड दिँदै गृहसचिव राईले यसका लागि स्वास्थ्य मन्त्रालयसँग आवश्यक समन्वय गरिने बताउनुभयो ।
सो अवसरमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले निरीक्षण भ्रमणबाट प्रहरी कर्मचारीहरुमा थप उत्साह तथा जागरुकता थपिएको चर्चा गर्दै प्राप्त निर्देशन तथा सुझावहरु अक्षरस पालना गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रहरी अस्पताललाई नमूना अस्पतालको रुपमा विकास गर्न अझै उत्कृष्ट र बिरामीमैत्री सुविधा सेवा प्रदान र वातावरण उपलब्ध गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
उक्त अवसरमा स्वागत मन्तव्य व्यक्त गर्दै अस्पतालका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा.दिनेशचन्द्र पोखरेलले विविध समस्याका बाबजुद अस्पतालको सेवालाई थप प्रभावकारी बनाउन भौतिक पूर्वाधार, अस्पताल व्यवस्थापन, बिरामीलाई गर्ने व्यवहार, औषधी वितरण लगायतका विषयमा सकारात्मक परिवर्तन गर्दै आएको बताउनुभयो ।
अस्पतालका डिपुटी मेडिकल डाइरेक्टर प्रहरी नायव महानिरीक्षक डा.दुर्गा थापाले अस्पतालको काम कारवाही तथा हालको गतिविधिबारे प्रस्तुतिकरण गर्नुभएको उक्त कार्यक्रममा अस्पतालमा कार्यरत प्रहरी नायव महानिरीक्षकहरू, प्रहरी वरिष्ठ उपरीक्षकहरू लगायतका प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #नेपाल प्रहरी
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४तारकेश्वर मनमैजुबाट ५ बर्षको बालक हराए , खोजी कार्यका लागी सबैमा अनुरोध
- ५बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ६प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ७गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ८टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
तपाईको कमेन्ट लेख्नुहोस्