यस्तो छ पशुपतिका चार आयोजना

विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा पुनःनिर्माण एवं दर्शन मार्गमा ढुंगा बिच्छ्याउने कामका लागि चार वटा आयोजनाको बोलपत्र स्वीकृत भएको छ ।
पशुपति क्षेत्र विकास कोषको निर्णयबमोजिम दर्शन मार्गमा ढुंगा छाप्न धर्म एस निर्माण सेवा प्रालिलाई छनोट गरिएको छ । यसका लागि रु तीन करोड ३९ लाख ५२ हजार नौ बजेट स्वीकृत भएको छ ।
देवता घर (द्योछें) पुनःनिर्माणका लागि धर्म एस÷गौरी गणेश जेभीको प्रस्ताव स्वीकृत भएको छ । देवता घर पुनःनिर्माणका लागि रु दुई करोड १५ लाख ३० हजार ४०५ बजेट विनियोजन गरिएको छ ।
किराँतेश्वर सत्तल संरक्षण तथा पुनःनिर्माण गर्न प्रेरा÷गौरी गणेश जेभीलाई जिम्मेवारी दिइएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिनुभयो । सत्तल संरक्षण तथा पुनःनिर्माणका लागि रु तीन करोड ९४ लाख ५० हजार ४५६ बजेट स्वीकृत गरिएको उहाँले जानकारी दिनुभयो ।
यसैगरी इँटापाखामा प्रस्तर फलक छाप्न सिएम÷तुल्सी जेभीले ठेक्का पाएको छ । यसका लागि रु दुई करोड २४ लाख १५ हजार ६८६ बजेट विनियोजन गरिएको छ ।
निर्माण व्यवसायीले मूल्य अभिवृद्धि करसहित कबोल गरेको रकमका आधारमा ठेक्का दिइएको कोषले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #पशुपतिका आयोजना
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ५कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ६चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ७आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ८राष्ट्रिय एकता
तपाईको कमेन्ट लेख्नुहोस्