Techie IT
बिहीबार, असोज ७,२०७८

म्याग्दीको पुनहिलमा दृश्य अवलोकन स्थलसहितको आश्रयस्थल निर्माण


सीता पौडेल , काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीयस्थल पुनहिलमा दृश्य अवलोकन स्थलसहितको आश्रयस्थल निर्माण भएको छ ।

समुद्री सतहदेखि तीन हजार २१० मिटरको उचाइमा रहेको पुनहिलको डाँडाको डिलतर्फ बसेर दृश्य अवलोकन गर्न मिल्ने आश्रयस्थलको पर्यटन मन्त्रालयको आर्थिक सहयोगमा तीन कोठे भवन निर्माण गरिएको  हो । भ्रमणमा आउने पर्यटकको सुविधाका लागि  रु २७ लाख ५० हजार बजेटबाट ६० जना क्षमताको आश्रयस्थल बनाइएको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए ।

आश्रयस्थलको कोठाभित्र बसेर हिमाल, सूर्योदय र पहाडी भूगोलको दृश्य अवलोकन गर्न सकिन्छ । पानी र हिउँ पर्दासमेत सुरक्षित तरिकाले दृश्यावलोकन गर्ने भूमिगत दृश्यावलोकन केन्द्रसहितको आश्रयस्थल बनाइएको अध्यक्ष पुनले बताए ।

सरकारले पुनहिललाई पर्यटकीय गन्तव्यको १०० नम्बर सूचीमा राखेको छ । आश्रयस्थलको चारैतिर गुराँसे जङ्गलको बीचमा रहेको पुनहिलबाट धौलागिरि, अन्नपूर्ण, नीलगिरि, माछापुच्छ«े मनास्लु, लगायत २० वटा हिमाल र सूर्योदयको अवलोकन गर्न सकिने अध्यक्ष पुनले जानकारी दिए ।

 

 


क्याटेगोरी : पर्यटन, समाचार
ट्याग : ##पुनहिल


तपाईको कमेन्ट लेख्नुहोस्