जनताका दुःख, कष्टका दिन गए: प्रधानमन्त्री ओली

फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले अब हिजो जस्तो नेपाली जनताका अब दुख र कष्टका दिन गएको बताएका छन् ।
बिहीबार सिन्धुलीको कुुसुमटारमा सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास क्रममा प्रधानमन्त्री ओलीले सरकारले विकासको गति तीव्र बनाएको भन्दै जनताका दुःख गएका बताएका हुन् ।
‘अब हिजोको जस्तो नेपाली जनताका दुख, कष्टका दिन गए । सरकारले बहुआयामिक उद्देश्यका आयोजनाहरु बनाउँदै गएको छ । अरु पनि ल्याउदै जानेछ’, प्रधानमन्त्री ओलीले भने ।
कोभिड १९ ले प्रभाव पारे पनि अब विकास अघि बढ्ने उनले बताए ।
प्रधानमन्त्री ओलीले पछिल्लो राजनीतिले केही चिन्ता दिएको भएपनि चिन्ता नलिन आग्रह गरेका छन् । ‘केही केही पिलो निचोरिएर जान्छन् । चिन्ता गर्नुपर्दैन । आन्दोलन देशलाई सम्मृद्ध बनाउनेतिर जान्छ’, ओलीको भनाइ छ ।
त्यस्तै, उनले आफूलाई मधेस पस्न नदिए पनि पानी नछेक्न प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउततर्फ इंगित गर्दै भने, ‘म मुख्यमन्त्री मार्फत खवर पठाउन चाहान्छु, केपी ओलीलाई मधेसमा पस्न नदिएपनि पानी पस्न नछेक्नुहोला ।’
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #प्रधानमन्त्री ओली
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ५कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ६चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ७आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ८राष्ट्रिय एकता
तपाईको कमेन्ट लेख्नुहोस्