तारकेश्वर साङ्गलामा प्रहरीद्धारा गाँजा फडानी (भिडियो सहित )

राधेश्याम तिमलसिना (पुकार)
काठमाडौं । तारकेश्वर नगरपालिका आन्तर्गत उपल्लो गाउँ, ढकाल चौर, कुन्चीप्वाकल र देवकोटा टोल लगायत क्षेत्रमा गाँजा फडानी गरिएको छ । महानगरीय प्रहरी बृत बालाजु र तानपा वडा नं १ को कार्यालये संयुत रुपमा आयोजना गरेको गाँजा फडानी कार्यमा बालाजु बृतका प्रहरी एवं स्थानीय बासीहरुले पनि साथ दिए ।
बिशेषगरी नगरपालिकाको माथिल्लो भेगको पाखाहरुमा गाँजाको बोट झाँगिदै झाडीकै रुप लिन थालेपछि गाँजा उत्पादनमा रोक लगाउने अभियानको थालनी गरिएको वाडा अध्यक्ष बिदुर सापकोटाले बताए ।
सोही नगरपालिकाको साङ्लास्थित तीन वर्षअघि नै केही व्यक्तिहरुको समुहले गाँजा फडानी अभियान सुरु गरेको थियो । स्थानीय तहका जनप्रतिनिधिको पहल र प्रहरीको सहयोगमा अहिले सोही अभियानलाई निरन्तरता बताइएको छ ।
महानगरीय प्रहरी बृत बालाजुका डिएसपी चिरञ्जिवी कोइरालाका अनुसार लागु औषध नियन्त्रण तथा उन्मूलनका लागि नेपाल प्रहरीको टोलीले तारकेश्वर नगरपालिकाभित्र झाँगिएका गाँजा फडानी गर्ने अभियानका साथ सुरु गरेको हो ।
गाँजा फडानी सँगै स्थानीय क्षेत्रमा लागु औषध सेवन गर्नेहरुको कमी हुने कोइरालाको धारण छ । बालाजु प्रहरी बृतले गाँजासंगै घरेलु मदिराको नियन्त्रण ,अबैध बालुवा उत्खननमा नियन्त्रण, चोरी डकैती लगायत शान्ति सुरक्षामा विशेष अभियान चलाएको बालाजुका डिएसपी चिरञ्जिवी कोइरालाले बताए ।
तस्वीर : मोहन अधिकारी
भिडियो
क्याटेगोरी : समाचार
ट्याग : #hot, #तारकेश्वर साङ्गला
धेरै पढिएका
- १टोखामा १४ हजार १८६ मत गन्दा कसले लिए अग्रता ?
- २प्यूठानको गौमुखीमा गठबन्धनले नैतिक पतन भएका गिरीलाई उम्मेदवार बनाएपछि
- ३तारकेश्वरको मेयरमा कांग्रेसको तर्फबाट कृष्णहरि मर्हजनको चर्चा , अरु को को ?
- ४टोखा अपडेट : कस्तो छ मेयरको मत परिणाम ?
- ५तारकेश्वरको काभ्रेस्थलीबाट पक्राउ परेकी महिला मानव बेचविखन गरेको आरोपमा जेल चलान
- ६यि हुन टोखामा मेयर अधिकारीले पाँच बर्षमा गरेका १३ महत्वपूर्ण काम
- ७अपडेट : यस्तो छ तारकेश्वर वडा नं १ को पछिल्लो मत बिवरण
- ८अपडेट : यस्तो छ तारकेश्वर वडा नं ३ को पछिल्लो मत बिवरण
तपाईको कमेन्ट लेख्नुहोस्