चितवन प्रहरीको सक्रियता : हराएको मोबाइल फेला पारी सम्बन्धि धनीलाइ बुझायो

चितवन । चितवन प्रहरीले विभिन्न मितीहरुमा चोरी भएका तथा हराइएका मोबाइलहरुको खोजी गरेर सम्बन्धि मोबाइल धनीलाई हस्तान्तरण गरेको छ । फागुन महिनामा हराइएका विभिन्न कम्पनीका ३१ थान मोबाईलहरु फेला पारी आज (मंगलबार) सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरेको हो ।
१८ दिनको अवधिमा हराइएको ३१ थान मोबाईल भेटिएकोमा २५ थान मोबाईल सम्बन्धित ब्यक्तिलाई हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी) ओम प्रसाद अधिकारीले जानकारी दिए । आफ्ना हराएका तथा चोरी भएका मोबाइल भेटिएसंगै उनीहरुले प्रहरीको उच्च प्रशंसा गर्दै धन्यवाद समेत दिएका थिए ।
पछिल्लो समय चितवन प्रहरीले आफ्नु सक्रियता बढाए संँगै यो आर्थिक बर्षमा मात्रै कुल ११० थान मोबाईल फेला पारिएकोमा १०५ थान मोबाईल सम्बन्धित ब्यक्ति लाई हस्तान्तरण गर्न समेत सफल भइसकेको जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ५कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ६चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ७आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ८राष्ट्रिय एकता
तपाईको कमेन्ट लेख्नुहोस्