पैदलयात्रीलाइ ठक्कर दिएर फरार ट्रक र चालक प्रहरी नियन्त्रणमा

चितवन । पैदलयात्रीलाइ ठक्कर दिएर फरार रहेका ट्रक र त्यसका चालकलाई चितवन प्रहरीले आठ दिनपछि हिजो (सोमबार) पक्राउ गरेको छ ।
गत, फागुन ९ गते बिहान साँढे तीन बजे खैरहनी नगरपालिका वडा नंम्बर १ मा कालिका नगरपालिका वडा नंम्बर ३ पदमपुर बस्ने ४० बर्षिया (पैदलयात्री) कुल बहादुर मोक्तानलाई ठक्कर दिएको थियो ।
ट्रकको ठक्करबाट मोक्तानको घट्नास्थलमै मृत्यु भएपछि फरार रहेका ना ६ ख २९०९ नंम्बरको ट्रक र त्यसका चालक राप्ती नगरपालिका वडा नंम्बर १ बस्ने ३० बर्षिया गणेश बहादुर तामाङलाई चितवन प्रहरीले खैरहनी नगरपालिका ८ पर्सा बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी) ओम प्रसाद अधिकारीले जानकारी दिए ।
पक्राउ परेका तामाङले दुर्घटना आफुले गराएको भनी स्वीकार गरेसंगै उनलाई आज (मंगलबार) सम्मानित चितवन जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गर्ने कार्य भईरहेको जनाइएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ५कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ६झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ७आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ८राष्ट्रिय एकता
तपाईको कमेन्ट लेख्नुहोस्