बालाजुमा सडक विस्तारको बिरुद्ध प्रदर्शन गर्ने सबै अभियन्ताहरु रिहा

काठमाडौं । बालाजु बाइसधारा क्षेत्रमा सरकारले नागरिकको व्यक्तिगत सम्पत्ति हडप्ने गरी सडक विस्तार गरेको भन्दै प्रदर्शनमा उत्रिएका नागरिक अभियन्ता सुमन सायमी, विरोचन श्रेष्ठ, भीमदेव श्रेष्ठ, मीन शाही, महेश्वर मानन्धर, सन्जय तामाङ, रुक्षित श्रेष्ठ, दिपेन श्रेष्ठलगायतलाई बालाजुमा सडक विस्तारको विरोधमा प्रदर्शन गर्दा पक्राउ परेका स्थानीय वासिन्दालाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको छ ।
मंगलबार न्यायाधीशहरु दीपककुमार कार्की र प्रकाशमान सिंह राउतको इजलासले उनीहरुलाई गैर कानुनी रुपमा थुनामा राखेको देखिएको भन्दै बन्दी प्रत्यक्षीकरण रिट जारी गरिदिएको हो ।
उनीहरुलाई राज्यविरुद्धको अपराधमा अनुसन्धानका लागि प्रहरीले जिल्ला अदालत काठमाडौंबाट म्यादसमेत लिएको थियो । मंगलबारको आदेशमा सर्वोच्चले कुनै व्यक्तिलाई थुनामा राख्दा कानुनसम्मत, उचित कारणसहित वस्तुनिष्ठ आधार उल्लेख हुनुपर्नेमा पक्राउ परेकाहरुले के कस्तो आपराधिक कार्य गरेको नखुलेको बताएको छ ।
स्पष्ट आधार र कारणविना निवेदकहरुलाई पक्राउ गर्ने र अनुसन्धानको क्रममा भनी थुनामा राख्ने कार्य न्यायिक दृष्टिकोणबाट समेत औचित्यपूर्ण नदेखिएको भन्दै उनीहरुलाई रिहा गर्न आदेश दिएको छ ।
हेर्नुहोस् सर्वोच्चको आदेश
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #बालाजुमा सडक विस्तारको प्रदर्शन
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ५कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ६झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ७आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ८राष्ट्रिय एकता
तपाईको कमेन्ट लेख्नुहोस्