हामी अविश्वासको प्रस्ताव दर्ता गर्छौं, बरु संगै जाऊ : मधव नेपाल

काठमाडौं । संसद विघटनलाई प्रतिगामी कदमको आरोप लगाउँदै आएको नेकपाको प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिगमनविरुद्ध उभिएका सबै दलहरुलाई अविश्वासको प्रस्ताव दर्ता गर्न आहृवान गरेका छन् ।
सोमबार बिराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले प्रतिगमनविरुद्ध उभिएका सबैदलहरु मिलेर प्रतिगमनविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नु पर्ने धारणा व्यक्त गरे । साथै आफूहरुले कांग्रेस र जनता समाजवादी पार्टीसँग मिलेर सरकार बनाउन चाहेको बताए ।
साथै उनले प्रधानमन्त्री आफ्नै पार्टीबाट हुनुपर्छ भन्ने चाहना आफूहरुको नरहेको बताए । उनले भने, ‘जसलाई सहमति गर्ने हो गरौं, हामीलाई आफैंलाई प्रधानमन्त्री चाहिँदैन’। ‘कि हामी अविश्वासको प्रस्ताव दर्ता गर्छौं, संगै जाऊ नभए तपाईंहरु दर्ता गर्नुस्, हामी साथ दिन्छौं ।’
क्याटेगोरी : समाचार
ट्याग : ##मधव नेपाल, #breaking
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ५कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ६चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ७आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ८राष्ट्रिय एकता
तपाईको कमेन्ट लेख्नुहोस्