कामाद कलेज र कुमारी जबबीच इन्टर्नशीप तालिम तथा रोजगारीसम्बन्धी सम्झौता

काठमाडौंको सुकेधारामा रहेको कामाद कलेज र कुमारी जबबीच इन्टर्नशीप तालिम तथा रोजगारीसम्बन्धी सहकार्य गर्न सहमति भएको छ । सहमति पत्रमा कलेजका सीईओ काशीनाथ खनाल र कुमारी जबका प्रबन्ध निर्देशक सन्देश भण्डारीले हस्ताक्षर गरेका छन् । यस सम्झौताले विद्यार्थीहरुको क्षमता अभिवृद्धि हुनुका साथसाथै उनीहरुको उज्ज्वल भविश्य निर्माणमा कुमारी जबले महत्वपूर्ण भूमिका खेल्ने सीईओ खनालले विश्वास व्यक्त गरे ।
प्रबन्ध निर्देशक भण्डारीले पनि दुई संस्थाबीचको सहकार्यले उचित तालिम प्रदान गरी विद्यार्थीहरुको व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्नुका साथै उनीहरुलाई रोजगारको सहजता प्रदान गरिने बताए । सम्झौताअनुसार क्यामेड कलेजमा बीबीए अध्यनरत विद्यार्थीहरुले रोजगारीको लागि प्रयोगात्मक तालिम तथा इन्टर्नसिपका साथै रोजगारीको अवसर पनि पाउनेछन् । यसअन्तर्गत ७औं सेमेस्टरका विद्यार्थीलाई इन्टर्नसिपका लागि प्रयोगात्मक तालिम दिइनेछ र विभिन्न संघसंस्थामा यसका लागि सहजता प्रदान गरिने छ ।
यस्तै ८औं सेमेस्टरका विद्यार्थीलाई रोजगारीका लागि प्रयोगात्मक तालिमसँगै जब मेलाको आयोजना गरीने छ । उक्त मेलामा कम्तिमा १० स्थापित उद्योग संघ-संस्थाले स्वयं उपस्थित भएर अन्तर्वार्ता लिनेछन् । उक्त जब मेलाबाट विद्यार्थीहरुलाई जागिरका लागि छनौट गरिने छ ।
पोखरा विश्वविद्यालयबाट सम्बन्धनप्राप्त कामाद कलेजमा (Bachelor of Arts in Development Studies- BDevS/Bachelor of Business Administration- BBA) दुई वटा स्नातक तहको अध्यापन गराइन्छ । यस्तै कुमारी जबले ६ वर्षदेखि मानव संशाधन व्यवस्थापन (रोजगारी, विकास र प्रर्वद्धन)मा निरन्तर काम गर्दै आइरहेको छ । यस संस्थाले कलेज र कर्पाेरेटसँग विद्यार्थीहरुलाई जोड्ने गरी विभिन्न तालिम तथा रोजगारीमुलक कार्यक्रम पनि चलाउँदै आइरहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #कामाद कलेज र कुमारी जबबीच
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ५चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ६राष्ट्रिय एकता
- ७कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ८झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
तपाईको कमेन्ट लेख्नुहोस्