बेलटारीमा १२५ मिटर लामो मोटरेबल पुल बन्ने

स्याङ्गजा । स्याङ्जाको बेलटारीमा मोटरेबल पुल बन्ने भएको छ ।
कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले सोमवार सो मोटरेबल पुलको शिलान्यास गदै स्थानिय तहमा विकासका गतिले तिब्र रुप लिएको र विकासका गतिविधि आफ्नै गाउँठाउँमा हेर्नु पर्ने बताइन् ।
यो मोटरेबल पुल निर्माण भएपछि स्याङ्जा र पाल्पाबीच सिधा सम्पर्क हुने छ ।उक्त मोटरेबल पुलले स्याङ्जाको कालीगण्डकी गाउँपालिका ५ को बेलटारी र पाल्पाको बगनासकाली गाउँ पालिका ६ दर्पुक जोड्ने छ।
यस मोटरेबल पुलले बुटबल, भैरहवा, लुम्बिनीको दूरी घट्ने छ भने राष्ट्रिय गौरवका दुई सडक आयोजना कालीगण्डकी करिडोर समेत जोडिने कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापाले जानकारी दिए।
गौरी पार्वती न्यू टेक्निकल जेभि कुपनडोलले निर्माण जिम्म लिएको पुलको पिएस र भ्याट सहित १५ करोड ३९ लाख २८ हजार ६७९ रुपैँया ५० पैसामा सम्झौता भएको बताइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : ## स्याङ्गजा, #मोटरेबल पुल
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ५चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ६राष्ट्रिय एकता
- ७कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ८झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
तपाईको कमेन्ट लेख्नुहोस्