सवारी दुर्घटना न्युनीकरणका लागी चितवन प्रहरीको सचेतनामुलक र्याली

चितवन । चितवन प्रहरीले सवारी दुर्घटनालाई न्युनीकरणका लागी सचेतनामुलक र्यालीको आयोजना गरेको छ ।
समुदाय-प्रहरी साझेदारी अभियान अन्तर्गत आज (शुक्रबार) माडी नगरपालिकामा ईलाका प्रहरी कार्यालय माडी, प्रहरी चौकी कल्याणपुर खैरहनी र श्री खैरहनी मा.वि.को संयुक्त सहकार्यमा वडाका प्रतिनिधी, स्थानीय अभिभावक र खैरहनी मा.वि. का शिक्षक-शिक्षिका तथा विद्यार्थीहरु समेतको आयोजनामा सचेतनामुलक र्यालीको आयोजना गरिएको हो ।
खैरहनी मा.वि.बाट सुरु भएको र्यालीमा झन्डै ४५० जनाको सहभागिता रहेको थियो भने, र्याली सिधुवा चोकसम्म पुगेर सवारी दुर्घटना सम्बन्धी सचेतनामूलक कार्यक्रमको आयोजना गरेर दिउँसो तीन बजे समापन गरिएको थियो । पछिल्लोपटक चितवन जिल्लामा सवारी दुर्घटना बढ्दै गएपछि त्यसलाई न्यूनीकरणमा लिन सचेतनामुलक र्यालीको आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी) ओम प्रसाद अधिकारीले जानकारी दिए ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ५चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ६राष्ट्रिय एकता
- ७कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ८झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
तपाईको कमेन्ट लेख्नुहोस्