खाद्य पदार्थको गुणस्तर मापन गर्ने प्रविधि

हामीले खाने खाद्यपदार्थ, पानी, दूधलगायतको गुणस्तर कस्तो छ भन्ने कुनै जानकारीबिना नै प्रयोग गरिरहेका छौँ । विक्रेताले भनेको वा ती सामानको बारेमा गरिएको विज्ञापनको आधारमा हामीले ती खाद्यवस्तु किनेर प्रयोग गर्छौँ ।
अब हामीले उपभोग गर्ने ती खाद्य पदार्थको गुणस्तर कस्तो छ भनेर केही सेकेण्डमै पत्ता लगाउने प्रविधिको विकास भएको छ । बेलायतस्थित हाइजिना अन्तर्राष्ट्रिय कम्पनीले बनाएको ‘हाइजिना’ नाम दिइएको उक्त प्रविधिमार्फत जनसुकै सतह र पानीमा भएको किटाणु पत्ता लगाउन सकिने आज यहाँ आयोजित कार्यक्रममा जानकारी गराइयो ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्यालले नेपालमा खाद्य पदार्थको गुणस्तर मापन गर्ने अत्याधुनिक प्रविधि नहुँदा जनताले गुणस्तर नभएका खाद्य पदार्थ प्रयोग गर्नुपरेको बताउनुभयो । उहाँले भन्नुभयो, “पछिल्लो समय जति अस्पताल निर्माण भएका छन्, बिरामीको भीड पनि उस्तै छ । यसको कारण हामीले कस्तो खानपान गरिरहेका छौँ भन्ने पनि पुष्टी गर्छ ।”
उक्त कम्पनीका युरोप, मध्यपूर्व र एसिया क्षेत्रका क्षेत्रीय व्यवस्थापक ह्युगो गोन्जालेजले यो प्रविधिले खानेपानी, दूधलगायतका पेय पदार्थको शुद्धीकरणबारे थाहा पाउन सकिने भएकाले होटल, रेष्टुरेण्ट, अस्पताल, औषधि पसलजस्ता संवेदनशील क्षेत्रमा प्रयोग गर्न सकिने बताउनुभयो ।
यस प्रविधि नेपाल भित्र्याएको खिलुङ कालिका गु्रपका प्रमुख खुमाप्रसाद अर्याल यो मेशिनले गुणस्तरका लागि हुनुपर्ने शुद्धता छ कि छैन भनेर पत्ता लगाई त्यसलाई सुधार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
सो कार्यक्रममा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, खाद्य संस्थान, दुग्ध विकास संस्थानलगायतका प्रतिनिधिले आधुनिक गुणस्तर मापन उपकरणको आवश्यकतामा जोड दिनभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #खाद्य पदार्थ
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४तारकेश्वर मनमैजुबाट ५ बर्षको बालक हराए , खोजी कार्यका लागी सबैमा अनुरोध
- ५बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ६प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ७गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ८टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
तपाईको कमेन्ट लेख्नुहोस्