संखुवासभामा निर्माणाधीन अरुण ३ को काम तिब्रगतिमा अघि बढ्दै ( फोटो फिचर सहित )
बाँध निर्माणका लागि डाइभर्सन ट्रनेल भित्र अरुण नदीको पानी फर्काईयो ।

संखुवासभाको मकालु र चिचिला गाउँपलिकामा निर्माणाधिन ९ सय मेगावाटको अरुण–३ जलविधुत् परियोजनाको काम तिव्रगतिमा अगाडि वढेको छ । बाँध निर्माणका लागि डाइभर्सन ट्रनेल भित्र नदीको पानी प्रवेश गराउने कार्यको उद्घाटन गर्दै सतलज कम्पनीका निर्देशक नन्दलाल शर्माले परियोजनाको काम अझ तिव्रगतिमा बढ्ने बताउनुभयो ।
चार सय २९ मिटर लामो डाइर्भसन ट्रनेलमा अरुण नदीको पानी फर्काएपछि सतलजका निर्देशक शर्माले अव बाँध निर्माणको काम सुरु हुने जानकारी दिनुभयो । परियोजनाको भौतिक प्रगति ३८ प्रतिशत भन्दा बढी भइसकेकाले समयमा नै काम सम्पन्न हुने पनि शर्माले बताउनुभयो । परियोजना निर्माणमा संलग्न निर्माण कम्पनीहरुलाई समयमा नै आफ्नो जिम्मेवारी पुरा गर्न निर्देशन समेत निर्देशक शर्माले दिनुभयो । निर्माण कम्पनीहरुले हाल सम्म गरेको कार्य प्रति आफु सन्तुष्ट रहेको निर्देशक शर्माले बताउनुभयो ।
बाँध निर्माण र एचाआरटी(सुरुङ) निर्माणको जिम्मा पाएको निर्माण कम्पनी जयप्रकाश एशोसिएट (जेपी) का डाइरेक्टर प्रविनकुमार सिंहले ड्राइभर्सन टनेलको कार्य सफतापुर्वक सम्पन्न गर्न निर्माण कम्पनीका अनुभबी प्राबिधिक र स्थानीयको साथ रहेको र नदीको पानी सुरुङ मार्फत फर्काए सँगै एक सय मिटर उचाईको बाँध निर्माणको कार्य पनि सुरु भएको जानकारी दिनुभयो ।
१ खर्ब ४४ अर्ब रुपियाँ लागत अनुमान निर्माण भइरहेको परियोजनाको बाँध मकालु–५ र विधुत् गृह चिचिला–२ मा रहने छ । परियोजनाको यन्त्र राख्ने ठाउँ १६ हजार सात सय घनमिटर र ट्रान्सफर्मर राख्न ४७ हजार चार सय घनमिटर सुरुङ खनिएको छ । विधुत् उत्पालन गृह जमिन भित्रनै रहने निर्माण कम्पनीले जनाएको छ । ११ दशमलव ७४ किलोमिटर लामो मुख्य सुरुङको काम ४० प्रतिशत सकिएको हो । जलविधुत् परियोजनाको मुख्य सुरुङ काम ४० प्रतिशत, ड्यामको काम ६० प्रतिशत, पावर हाउसको काम ६० प्रतिशत र ट्रान्सफर्मर हलको काम ८६ प्रतिशत काम सम्पन्न भएको एसएपिडिसीका प्रवन्धक निर्देशक अरुण धिमानले जानकारी गराउनुभयो ।
क्याटेगोरी : फोटो फिचर, विशेष, समाचार
ट्याग : #अरुण तेश्रो, #जेपी, #सतलज
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४तारकेश्वर मनमैजुबाट ५ बर्षको बालक हराए , खोजी कार्यका लागी सबैमा अनुरोध
- ५बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ६प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ७गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ८टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
तपाईको कमेन्ट लेख्नुहोस्