जोशीको तस्विर अंकित हुलाक टिकटमा राष्ट्रपतिद्धारा टाँचा
सत्यमोहन जोशी

काठमाडौ ः आज राष्ट्रपति विद्यादेवी भण्डारीले वाङ्गमय शताब्दी पुरूष सत्यमोहन जोशीको तस्वीर अंकित हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गरेकी छन् ।
उक्त कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री श्री पार्वत गुरूङले शताब्दी पुरूष जोशीको तस्वीर अंकित हुलाक टिकट एउटा गौरवमय इतिहासको दस्तावेज भएको वताए।
उनले जोशी साहित्यकार, इतिहासकार, आख्यानकार तथा सामाजिक आदर्श व्यक्तित्वको रुपमा सय वर्षिय एक सकृय नायक भएकोले नागरिक तहबाट जीवन कालमै टिकट प्रकाशनमा आएको यो पहिलो भएको विचार व्यक्त गरे ।
सोही अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले जोशीको जीवनी माथि प्रकाश पार्दै मातृभाषा र राष्ट्रभाषामा लामो समयदेखि नेपाली लोक सँस्कृति, भाषा, साहित्य तथा कलाको क्षेत्रमा अनवरत शोधकार्यमा उहाँले पुर्याउनु भएको अतुलनीय योगदानको कदर गर्दै सरकार, हुलाक सेवा विभागले रू। १० दरको दश लाख थान हुलाक टिकट प्रकाशनमा ल्याएको वताए ।
सो कार्यक्रममा माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री, काठमाण्डौँ तथा ललितपुर महानगरपालिका प्रमुख लगायतका महानुभावहरूको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : जीवनशैली, विशेष, समाचार
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ५कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ६चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ७आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ८राष्ट्रिय एकता
तपाईको कमेन्ट लेख्नुहोस्