बुलन्द आवाज हेल्थपोस्ट बनाउ अभियानमा एकै दिन पाँच लाख संकलन

तारकेश्वर काठमाडौ । तारकेश्वर नगरपालिका भित्रकै पिछडीएको भूभाग कुन्चीप्वाकल , साङ्गलामा बुलन्द आवाज हेल्थपोस्ट बनाउ अभियान शुरु भएको छ । संचारकर्मी राजन नेपालको बिशेष अगुवाईमा हेल्थपोस्ट बनाउ अभियान अन्र्तगत हाल डि.पि.सी सम्मको कार्य सम्पन्न भएको छ ।
संचारकर्मी रबि लामिछाने , तारकेश्वरका मेयर रामेश्वर बोहरा लगायत बिभिन्न सामाजिक अभियान्ताहरुको उपस्थीतीमा शिल्यानास भएको सो हेल्थपोस्ट बनाउ अभियानमा देश बिदेशबाट सहयोग आउने क्रम जारी छ ।
यसै सन्र्दभमा सोही अभियान अन्र्तगत तारकेश्वर चुनीमा बिषेश कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा समाजसेवी एवं सामाजिक अभियान्ता नन्दा शिँह , समाजसेवी सामाजिक अभियान्ता ज्वाला संग्रौला , कृषि महासंघ का सस्थापक अध्यक्ष उद्वव अधिकारी , तारकेश्वर नगरपालीकाकी उपमेयर , भवानी डोटेल , वडा अध्यक्ष बिदुर सापकोटा लगायत स्थानीयहरुको बाक्लो उपस्थीती रहेको थियो ।
सानै भएपनि गाँउमा स्वास्थ चौकी बन्ने आशाले प्रफुल्लीत साङ्गलाबासीहरुले एकै दिन पाँच लाख तिस हजार रुपैया सहयोग गरेका छन ।
स्वास्थका हिसावले निकै पिछडीएको साङ्गला कुन्चीप्वाकलमा सो स्वास्थचौकी संचालन पछि निकै राहत हुने बिश्वास लिइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #बुलन्द आवाज हेल्थपोस्ट बनाउ अभियान
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ५कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ६झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ७आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ८राष्ट्रिय एकता
तपाईको कमेन्ट लेख्नुहोस्