Techie IT
सोमबार, चैत्र ३०,२०७७

कांग्रेस क्षेत्र नं ६ ले सहिद दिवसको दिन बिरोध सभा गर्दे


काठमाडौ । नेपाली कांग्रेस काठमाडौ ६ ले बिरोध सभा गर्ने भएको छ । केपी ओलीको सरकारले निर्वाचित प्रतिनिधि सभा भंग गरेर लोकतन्त्र विरोधी गतिविधि गरेको भन्दै माघ १६ गते दिनको १ बजे रत्नपार्कमा बिरोध सभाको आयोजना गरिएको कांग्रेस नेता हरि तिमिल्सिनाले बताए ।

तिमिल्सनाका अनुसार बिरोध सभामा कृष्ण प्रसाद सिटौला , गगन थापा , प्रदिप पौडेल , भिमसेनदास प्रधान लगायतले संम्बोधन गर्ने छन ।

कांग्रेसलाई लोकतन्त्र ,संविधान र जनताको माया र चिन्ता रहेका कारण सरकारलाई अधिनायकवाद तर्फ अघि बढ्न खोजे प्रतिकार गर्नुपर्ने जिम्मेवारी रहेकाले बिरोधका कार्यक्रम सुरु गरीएको उनको भनाई छ ।

 

 


क्याटेगोरी : समाचार
ट्याग : #कांग्रेस क्षेत्र नं ६


तपाईको कमेन्ट लेख्नुहोस्