डा केसीको नाममा राजनीति नगर्न काँग्रेसलाई सुझाव

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले डा गोविन्द केसीको अनशनको नाममा राजनीतिकरण नगर्न नेपाली काँग्रेसलाई सुझाव दिनुभएको छ ।
विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भन्नुभयो, “स्वास्थ्य शिक्षा अध्यादेशमा रहेका त्रुटि सच्याउन सरकार प्रतिवद्ध छ ।”
मन्त्री पोखरेलले शिक्षण अस्पताल खोल्न रोक लगाउनु समस्याको समाधान होइन भन्दै मापदण्ड पूरा गरेका शिक्षण अस्पताललाई सम्बन्धन दिनुपर्ने आवश्यकता औल्याउनुभयो ।
विगतको सरकारले ल्याएको स्वास्थ्य अध्यादेशमा केही परिस्कृत गरी ल्याउन लागेको विधेयकलाई संसद्मा छलफल गरी पारित गर्नु नै लोकतान्त्रिक पद्धति भएको उल्लेख गर्दै उहाँले वर्तमान सरकारले ल्याउन लागेको चिकित्सा शिक्षा विधेयकले स्वास्थ्य क्षेत्रमा देखिएका विकृति अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो ।
मन्त्री पोखरेलले ५० शय्या बराबर एक विद्यार्थी अध्यापन गर्ने स्वास्थ्य शिक्षण संस्थालाई पठनपाठन गर्न अनुमति दिनुपर्छ भन्दै डा केसीको जीवन रक्षाका लागि स्वास्थ्य उपचार गराउन उहाँलाई जुम्लाबाट काठमाडाँै ल्याएको बताउनुभयो ।
डा केसीको उपचारस्थललाई अनशनको थलो नबनाउन पनि उहाँले सबैलाई आग्रह गर्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : ##, #hot, #काँग्रेस, #डा केसी
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४तारकेश्वर मनमैजुबाट ५ बर्षको बालक हराए , खोजी कार्यका लागी सबैमा अनुरोध
- ५बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ६प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ७गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ८टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
तपाईको कमेन्ट लेख्नुहोस्