Techie IT
शुक्रबार, वैशाख १०,२०७८

टोखागेटमा मोटरसाइकल र टिपर ठोकिँदा एक किशोरको मृत्यु


टोखा नगरपालिका-३ मा टिप्पर र मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको छ ।

 

टोखा नगरपालिका–३ टोखागेट नजिक सडकमा वाग्मती ०२–०२ प २०४२ नम्बरको मोटरसाइकल र बा ४ ख ३१०७ नम्बरको टिपर एक आपसमा ठोकिँदा टोखा –९ गोँगबुका १७ वर्षीय सञ्जित महर्जनको बिहीबार राति मृत्यु भएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार महर्जनको उपचारका क्रममा शिक्षण अस्पतालमा ज्यान गएको हो । टिप्पर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #टोखागेटमा मोटरसाइक


तपाईको कमेन्ट लेख्नुहोस्