Techie IT
शुक्रबार, वैशाख १०,२०७८

प्रचण्ड–माधव समूहले काठमाडौंमा प्रदर्शन गर्दै


दाहाल ‘प्रचण्ड’ले शाकाहारी आन्दोलनले केही नभएको भन्दै हिंसात्मक झडपको संकेत गरेका बेला प्रचण्ड–माधव नेपाल समूहले शुक्रबार काठमाडौंमा नौ स्थानबाट बृहत् जुलुस निकाल्ने भएको छ ।

संसद् विघटनविरुद्ध एक महिनादेखि आन्दोलनरत प्रचण्ड–नेपाल समूहले दोस्रोपटक काठमाडौंकेन्द्रित बृहत् जुलुस र विरोध–सभा आयोजना गर्न लागेको हो ।

प्रचण्ड–नेपाल समूहले काठमाडौंको माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, प्रदर्शनीमार्ग, शान्तिबाटिका, त्रिचन्द्र कलेज, वाल्मीकि कलेज र ललितपुरको कुपण्डोलबाट बिहान ११ बजेबाट र्‍याली निकाल्नेछ ।

स्थायी कमिटी सदस्यहरूको नेतृत्वमा ती स्थानहरूबाट शुरु हुने जुलुस रत्नपार्कमा जम्मा भएपछि मूल जुलुस अघि बढ्ने र भद्रकाली, शहीदगेट, आरएनएसी, बागबजार, पुतलीसडक हुँदै भृकुटीमण्डपमा विरोध–सभामा परिणत हुने केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन ।


क्याटेगोरी : समाचार
ट्याग : #प्रचण्ड–माधव समूह


तपाईको कमेन्ट लेख्नुहोस्