Techie IT
सोमबार, चैत्र ३०,२०७७

चितवनका प्रहरी प्रमुखलाइ प्रदेश प्रहरी कार्यालयले सोध्यो स्पष्टीकरण


चितवन । चितवनका प्रहरी प्रमुख (एसपी) नान्तीराज गुरुङलाई बागमती प्रदेश प्रहरी कार्यालयले स्पष्टीकरण सोध्ने तयारी गरेको छ । आफुले गर्दै नगरेको कामलाइ आफुले गरेको हुँ भनी मिडियाबाजी गराएपछि प्रदेश प्रहरी कार्यालयका (डिआइजी) वसन्त कुमार लामाले उनलाइ स्पष्टीकरण सोध्ने तयारी गरेका हुन् । स्पष्टीकरणमा आफ्नु मातहतका प्रहरी इकाइलाइ सहि ढंगले परिचालन गर्न नसक्नुको कारण के हो ? र, प्रदेेेशले गरेको काममा मैले गरेको हुँ भनी किन प्रचार गरेको भनेर सोध्ने तयारी गरिएको प्रदेश प्रहरी कार्यालयका प्रमुख (डिआइजी) लामाले बताए ।

लामा भन्छन् : आफुले पनि काम नगर्ने, हामीले गरेको कामलाइ पनि दाबी गर्ने ? घुससहित ३ जना प्रहरीलाई हामीले नियन्त्रणमा लिएका हौं, चितवन प्रहरीले होइन, मैले गरेको हुँ भनेर प्रचारबाजी गर्ने एसपी गुरुङलाई मैले बिहानै हप्काइसकेको छु, मैले प्रदेशकै जिम्मेवारी सम्हालिरहदा त्यसले जिल्लाको नेतृत्व सहि ढंगले निर्वाह गर्न सक्दैनन्, अनि प्रदेशले गरिरहेको काममा अनावश्यक हस्तक्षप किन गर्ने ?

डिआइजी लामाले भने, आफुले सिंन्को पनि नभाँच्ने अनि आफु भन्दा माथिल्लो निकायले गरेको कामलाई पनि आफैंले गरेको हुँ भनी दाबी गर्ने एसपी गुरुङलाइ चेतावनी समेत दिइएको बताए । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाबाट खटिएको प्रहरीको बिशेष टोलीले मंगलबार बेलुका जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी हवल्दार लोकबहादुर धर्ती मगर, प्रहरी जवान जमुना खड्का र वर्डा प्रहरी कार्यालय नारायणगढका प्रहरी जवान पुर्ण सिंह रेश्मी मगरलाइ नगद २ हजार १५० घुस रकमसहित नारायणगढको पुलचोकमा रहेको कालीगण्डकी किराना पसलबाट नियन्त्रणमा लिइएको थियो ।

पक्राउ परेका सबै एसपी गुरुङका निकट हुन् । तर, एसपी गुरुङले भने, आफ्नो नाम चर्चामा ल्याउन गर्दैै नगरेको कामको समेत जस लिन खोजेका थिए । उनीहरुले निषेधित क्षेत्रमा सवारीसाधन रोक्ने र पार्किङ गर्ने म्याजिक तथा अटो रिक्सा चालकहरुसँग सवारी चालकहरुले पैसा संंकलनका लागी नारायणगढको पुलचोकमा रहेको कालीगण्डकी किराना पसलका सञ्चालक राजेन्द्र पराजुलीलाई जिम्मा दिने गरेको कुुुरा अनुसन्धानका क्रम्मा खुलेको थियो ।

तीन जना प्रहरीसहित प्रहरीलाई घुस दिन खोज्ने छाहारी यातायात व्यवसायी समितिका अरुण गुरुङ, नारायणी यातायात व्यवसायी समितिका एकनाथ ढुङ्गाना र दीपक खड्की, केरुङ यातायातका छिरिङ लामालाई पक्राउ गरी अभद्र व्यवहारमा मुद्दा दर्ता गरेको थियो । पक्राउ परेकालाइ अहिले जिल्ला प्रहरी कार्यालय चितवनमा राखी अनुसन्धान भइरहेको छ ।

प्रदेशले सूचना पाएर प्रदेशबाट नै खटिएको टोलीको स्ट्रीङ अप्रेसनमा परेका प्रहरीहरुलाइ चितवनका प्रहरी प्रमुख (एसपी) नान्तिराज गुरुङले भने आफ्नु कमान्डमा खटिएको टोलीले पक्राउ गर्न सफल भएको भनी विभिन्न सञ्चारमाध्यमहरुलाइ आफु निकट समाचार बनाएर हाल्न लगाएपछि बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख (डिआईजी) बसन्त कुमार लामाले प्रहरी आचारसंहिता बिपरित गतिविधि गरेको भन्दै एसपी गुरुङलाइ आज बिहान मात्रै धेरै स्मार्ट नभन्न भन्दै टेलिफोन मार्फत हप्काएका थिए । साथै, उनलेे जिल्ला प्रहरी कार्यालय चितवनको फेसबुक पेजबाट तत्काल उक्त समाचार हटाउन समेत निर्देशन दिइएको बताए ।

हेर्नुहोस् : एसपी गुरुङले आफ्नु फेसबुकमा सेयर गरेको समाचार 

प्रदेशबाट खटिएको टोलीले गरेको कामलाइ आफूले गरेको कामको रुपमा चित्रण गर्न खोज्ने चितवनका एसपी गुरुङले गरेको मिडियाबाजी उनकै फेसबुक एकाउन्ट र जिल्ला प्रहरी कार्यालय चितवनको आधिकारिक फेसबुक पेजबाट समेत पुस्टि हुन्छ । केही सञ्चारमाध्यममा प्रकाशित समाचार उनी आफैले सामाजिक सञ्जालमा शेयर गरेपछि प्रदेश प्रहरी कार्यालय भित्र यसले चर्चा पाएको हो ।

हेर्नुहोस् : एसपी गुरुङले जिप्रका चितवनको फेसबुक पेजमा सेयर गरेको समाचार 

यता, बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाकी (प्रवक्ता) एसएसपी मिरा चौधरीले पनि प्रदेशको टोलीले नै घुस सहित प्रहरीलाई पक्राउ गरेको बताउँदै आएकी छिन् भने, जिल्ला प्रहरी कार्यालय चितवनले भने, आफुले घुससहित प्रहरीलाई पक्राउ गरेको दाबी गर्दै आएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाबाट जारी प्रेस विज्ञप्तीमा समेत स्पष्ट रुपमा प्रदेशको टोलीले नै उनीहरुलाइ घुस रकम सहित नियन्त्रणमा लिएको र अनुसन्धानको लागी निलम्बन गरिएको उल्लेख छ । तर, एसपी गुरुङको भने आफ्नु कमान्डमा खटिएको प्रहरीको टोलीले प्रहरीलाई पक्राउ गरेको दाबी गर्दै आएको छ ।

हेर्नुहोस् : प्रदेश प्रहरी कार्यालयको प्रेस बिज्ञप्ती

थुनुवा पक्राउ प्रकरणमा पनि आफ्नै दाबी ।

उसो, त जवरजस्ती करणीको अभियोग अन्तर्गत साउन २० गतेदेखी पुर्पक्षमा थुनामा रहेको अवस्थामा मंसिर ११ गते साँझ सवा पाँच बजेको समयमा भरतपुर कारागार परिसरभित्रैबाट फरार रहेका चितवनको कालिका नगरपालिका २ बस्ने बर्ष ४५ को रेशमलाल श्रेष्ठलाइ २९ औं दिनमा प्रहरीले तनहुँको देवघाट गाउँपालिका ५ कालिमाटी स्थित जंगलबाट पक्राउ गर्न सफल भएको थियो । सो, बेलामा समेत एसपी गुरुङले थुनुवालाइ आफुले पक्राउ गरेको भन्दै मजकुर कार्यालयमा रिपोर्ट गरेका थिए । प्रदेश प्रहरी कार्यालय स्रोतका अनुसार एसपी गुरुङले फरार थुनुवालाइ आफुले पक्राउ गर्न सफल भएको भन्दै माथिल्लो निकायमा रिपोर्ट गराएका थिए ।

जबकी फरार थुनुवालाइ पक्राउ गरेर ल्याउन सफल भएका प्रहरी इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका प्रहरी निरीक्षक प्रकाश शाह ठकुरी हुन् । तर, सो, समयमा पनि एसपी गुुुरुङले मैले समातेको हुँ भन्दै माथिल्लो तहमा रिपोर्टिङ गरेका थिए । गम्भीर कसुरमा फरार कैदीलाइ पक्राउ गरेर कारागारमा बुझाउन सफल प्रहरी निरीक्षक ठकुरी भए पनि त्यस बेला पनि एसपी गुरुङले आफुले गरेको भन्दै जस लिएका थिए ।

उसो त चितवनका प्रहरी प्रमुख गुरुङको एक बर्षे कार्यकाल पनि सकिसकेको छ । गुरुङसँगै सरुवा भएका सबै एसपी परिवर्तन हुँदा पनि उनलाई अझै साविककै ठाउँमा यथावत दिइएको छ । चितवनमा जान एसपीहरुको हानथाप हुने हुँदा गुरुङको थमौती भएको हो । केही दिनमै आफ्नु सरुवा हुने भएकाले पनि उनले घुस असुलीलाई प्राथमिकता दिदै आएका छन् । सरुवाको मुखमा उनले चितवनका रेष्ट्ररेन्टदेखि ट्रान्सपोर्टहरुसँग असुली धन्दा चलाएको एक व्यवसायी बताउँछन् । जसले गर्दा जिल्लामा अहिले घुसको अखडाले समेेेत निरन्तरता पाउँदै गएको छ ।

चितवनको प्रहरी प्रमुखको नेतृत्व असक्ष्म्ताका कारणले नै घुस आतंकले निरन्तरता पाउँदै गएको हो । केही दिन अगाडी मात्रै जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख (एसपी) नान्तीराज गुरुङका बिश्वासपात्र तीन जना घुमुवा प्रहरीहरु हेड्क्वाटर नै तानिएका थिए । एक साता अगाडि मात्रै हेड्क्वाटर तानिएका उनीहरुमाथी अहिले छानबिन भइरहेको छ ।

अनुसन्धानको सिलसिलामा रहेको टोलीलाइ गृहको आदेशले हेड्क्वाटर तानेर छानबिन थालेको हो । एक सातापछि मंगलबार एकैपटक तीन जना प्रहरी घुस सहित प्रदेशको फन्दामा पर्नुले पनि चितवनमा पुलिसिङ्को अवस्था कस्तो छ र जिल्लाको नेतृत्वले कसरी आफ्नु जिम्मेवारी सम्हालिरहेका छन् भन्ने समेत यस्ले थप पुष्टाईं गरेको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्