Techie IT
सोमबार, कात्तिक १,२०७८

चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए


चितवन । प्रहरी प्रधान कार्यालयले चितवनका तीन जना घुमुवा प्रहरीलाइ हेड्क्वाटर तानेको छ । जिल्ला प्रहरी कार्यालय चितवनमा कायारर्त असइ सुरज रिमाल, हवल्दारद्वय दिपक रावत र संजय कुमार यादवलाइ अनुसन्धानका लागी भन्दै प्रहरी प्रधान कार्यालयले हिजो (बुधबार) साँझ हेड्क्वाटर तानेको हो ।

उनीहरुका विरुद्ध तीन महिनादेखि प्रहरी प्रधान कार्यालयमा उजुरी पर्दै आएकोमा एक साता अगाडी मात्रै गृह मन्त्रालयमा समेत उजुरी परेको थियो । गृहमा उजुरी परेलगत्तै प्रहरी प्रधान कार्यालयको उजुरी छानबिन तथा निरीक्षाणालय शाखाले तत्काल एक्सन लिइएको चितवन प्रहरी स्रोत बताउँछ ।

स्रोतका अनुसार हेड्क्वाटर तानिएका उनीहरुलाई त्यहाँ कायारर्त निम्न उल्लेखित प्रहरी कर्मचारीहरुसंँग केही कुरा बुझ्नुपर्ने भएकोले भोली (शुक्रबार) बिहान १० बजे कार्यालय समयभित्र पठाइदिनुहोला, हेड्क्वाटरको पत्रमा भनिएको छ । यता, चितवनका प्रहरी प्रमुख (एसपी) नान्तीराज गुरुङ समेत उनीहरुकै कारण बिवादतमा तानिदै आएका थिए । एसपी गुरुङ आफैंले परिचालन गरेका घुमुवा प्रहरी हेड्क्वाटर नै तानिएको यो पहिलो रेकर्ड हो । एकैपटक उनका तीन जना घुमुवा हेड्क्वाटर तानिदा उनले चितवनमा सुरक्षालाइ कसरी सुदृढ पारेको छ ? आफैंमा प्रष्ट छ ।

उनीहरुको काण्ड यस्तो छ :
जिल्ला प्रहरी कार्यालय चितवनमा कायारर्त असई सुरज रिमालमाथि जुवाजन्य गतिविधीमा जुवाडेहरुलाई साथ दिने गरेको गम्भीर आरोप लागेको थियो । गत, कार्तिक २५ गते मंगलबार दिउँसो दुई बजे नेपाली कांग्रेसको ईच्छाकामना गाउँपालिकाका सचिव समेत रहेका पेशेवर जुवाडे तुलबहादुर गुरुङले प्रहरीका तर्फबाट भोजाडका जुवाडे बिमल रिमालसँग जुवाको सेटिङ गर्ने गरेको अडियो सार्वजनिक भयो ।

अडियोमा गुरुङले आफ्नु जेठान जिल्ला कारागार भरतपुरका सवारी चालक शिव बहादुर गुरुङ्गमार्फत असई सुरज रिमाललाई चिनाइदिएको बताएपनि चितवन प्रहरीले यस्मा कुनै चासो दिएनन् । गुरुङले बिमलसँग गरिएको टेलिफोन कुराकानीमा जिल्लाका घुमुवा असई रिमाललाई मात्रै नभई जुगेडी चौकीका इन्चार्ज र केही सिपाहीहरुलाइ समेत सेटिङ्ग मिलाउनु पर्छ भनेको अडियोमा स्पष्ट सुन्न सकिन्छ ।

जुनियर प्रहरी शिक्षालय तालिम केन्द्रबाट भर्खरै पास आउट भएर आएका उनी चितवन प्रहरीमा भर्खरै प्रवेश गरेका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनको नेतृत्व सम्हाले लगत्तै उनी घुमुवाको इन्चार्ज बन्न सफल भएको स्रोत बताउँछ । उक्त अडियोको बिषयमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सुर्य बहादुर थापा समेत जानकार थिए । हेड्क्वाटरसम्म यो कुरा पुगेपनि चितवन प्रहरीले यस बिषयमा कुनै छानबिन गरेनन् ।

प्रहरी प्रधान कार्यालयले समेत उनीहरुमाथि बारम्बार छानबिन गर्न निर्देशन दिएपनि उक्त पत्रलाइ चितवन प्रहरीले वेवास्ता गर्दै आइरहेका थिए । उनीहरुको विरुद्ध ५ पटकसम्म उजुरी परेको थियो भने तालुक कार्यालय र मजकुर कार्यालयले पठाएको पत्रलाइ समेत कार्यान्वयन गर्ने गरिएको थिएन । हेड्क्वाटरको पत्रलाइ समेत रद्दीको टोकरीमा हाल्ने काम भयो, एक प्रहरीले भने ।

त्यस्तै, अर्का बदनाम हवल्दारद्वय दिपक रावत र संजय कुमार यादव समेत घुमुवा प्रहरीमा परिचालित थिए । प्रहरी जवानदेखी नै चितवन प्रहरीमा कायारर्त उनी यहिं बढुवा भइ थमौती हुन सफल भएका एक भाग्यमानी प्रहरीका रुपमा चिनिन्छन् । प्रहरी जवानबाट प्रहरी हवल्दार बढुवा भइसकेपछि पनि उनको सरुवा र बढुवा यहिंं नै हुन गयो । स्रोतका अनुसार तत्कालीन एसपी दिपक थापाले उजुरी छानबिन शाखामा हुँदा आर्थिक चलखेल गरेको गुनासोका आधारमा उनलाई दरबन्दी भएकै स्थान अर्थात वर्डा प्रहरी कार्यालय नारायणगढ पठाएको थियो ।

पछि एसपी दिपक थापाको सरुवा भएलगत्तै उनी जिल्ला प्रहरी कार्यालय चितवनमा आइ कन्ट्रोल ड्युटी गर्दै आएका थिए । पछि उनले क्यान्टिङ समेत चलाए । डेढ बर्ष सम्म क्यान्टिन चलाएका उनलाई उनका बिगतका कर्तुत समेत नहेरी चितवन प्रहरीले घुमुवामा परिचालन गरेका छन् ।

त्यस्तै, अर्का प्रहरी हवल्दार सञ्जय यादव पनि बदनाम प्रहरी हुन् । चितवन प्रहरीको सञ्चार शाखामा कायारर्त एक प्रहरीका अनुसार जवान हुँदा यादव चितवनको बछौली चौकीमा कायारर्त थिए । अहिले उनको दरबन्दी नेपाल प्रहरी स्कुल शिवनगर रहेको बताईएको छ । उनीहरुको विरुद्ध जुवाजन्य गतिविधिमा जुवाडेहरुलाइ साथ दिने गरेको, हाकिमहरुलाइ गलत रिपोर्टिङ गरेर तस्करी धन्दा गर्नेहरूलाई उन्मुक्ति दिने गरेको तथा होटल, रेस्टुरेन्टबाट समेत अनुचित लाभ लिने गरेको जस्ता उजुरी परेको स्रोत बताउँछ । यता, आफुलाइ नेविसंघको जिल्ला उपाध्यक्ष बताउने राजन दाहालले घुमुवा प्रहरीहरुलाई लिएर विभिन्न होटलमा हिंड्ने गरेको स्रोत बताउँछ ।

चितवनका प्रहरी प्रमुख एसपी र डिएसपीलाइ गुम्राहमा राखी बाहिरका स्थानीयसंग उठबस गर्ने दाहालले एसपी नान्तीराज गुरुङलाइ दाइ र उनको श्रीमतीलाइ भाउजु भन्दै नातासम्बन्ध कायम गरी अन्य प्रहरी कर्मचारीलाई समेत तर्साउने गर्दै आएको स्रोत बताउँछ । राजनीति खोल ओडी घुमुवा प्रहरीलाई आफ्नु पेवा बनाउने नेविसंघका उपाध्यक्ष दाहालको बिषयमा हाम्रो निरन्तर फ्लोअप रहिरहने छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार