प्रचण्डद्धारा प्रधानमन्त्री केपी शर्मा ओलीको कडा आलोचना

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको कडा आलोचना गरेका छन् ।
राजधानीमा आयोजित उक्त समूहको काठमाडौँ जिल्ला कार्यकर्ता भेलामा प्रचण्डले प्रधानमन्त्री ओलीको चर्को आलोचना गर्दै संघीय लोकतन्त्र धरापमा परेको बताए ।
उनले भने, ‘७० वर्षभन्दा बढी समयबाट प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा छ । संविधान धरापमा छ । यसको रक्षा गर्नु हाम्रो जिम्मेवारी छ । संघीय लोकतान्त्रिक गणतन्त्रका लागि हामी सबै गम्भीर छौँ । हाम्रै अगाडी यत्रो प्रहार भएको छ ।’
सम्बोधनका क्रममा प्रचण्डले आफूहरुले निर्वाचित प्रधानमन्त्रीले संघीयता मूल्य मान्यता विपरित गएको बताए । ‘हामीले नै निर्वाचित गरेको प्रधानमन्त्रीबाट, हामीले चयन गरेको अध्यक्षबाट संविधान र लोकतन्त्रमाथि प्रहार भएको छ । ऐतिहासिक जिम्मेवारीलाई गहिरो गरी वोध गर्न म सबैमा अपिल गर्छु’ प्रचण्डले भने, ‘हामीले संघर्ष गरेर ल्याएको संविधान धरापमा छ । गणतन्त्रमाथि आक्रमण भएपछि रक्षा गर्नुपर्ने ठाउँमा हामी उभिएका छौं ।’
‘अहिले त्यो धरापमा परेको छ । हिजो मैले पार्टी एकताका लागि केपी ओलीसँग प्रस्ताव लिएको रहेको थिए । त्यसलाई फर्केर स्मरण गरौं । हामी अलगअलग बसी राख्नुको औचित्य छैन भनेर मैले भनेको थिए । त्यसपछि केपी ओलीले सकारात्मक छु भन्नु भएको थियो । त्यसपछि हामीले बाम गठबन्धन घोषणा गरेका थियौं र नागरिकमा उत्साह छाएको थियो । देशमा सामाजिक न्यायसहितको समृद्धि हुन्छ भनेर देशैभरी छायो । जनताबाट पनि अनुमोदन भयो । दशकौँ वर्षदेखि बोलचाल नगर्ने साथीहरु दश दिनमै दशकै देखिको सम्बन्ध भएको जसरी प्रचारमा गए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #केपी शर्मा ओलीको कडा आलोचना
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ४झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ५मेगा केवलको लाखौं रकम अपचलन गर्ने पौडेल फरार
- ६चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ७टोखाको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल आठ वर्षमा ,२६ विधामा सात लाख ८५ हजार बिरामीको सेवा
- ८राष्ट्रिय एकता
तपाईको कमेन्ट लेख्नुहोस्