डेरी एसोसिएसनको २२औं साधारण सभा एवं ८ औं राष्ट्रिय महाधिवेशन छिट्टै हुने

काठमाडौं, २८ पौष -आज बसेको नेपाल डेरी एसोसिएसनको केन्द्रिय समितिको भर्चुअल बैठकले कोरोना भाईरस (कोभिड–१९) का कारण समयमा सम्पन्न हुन नसकेको एसोसिएसनको २२औं साधारण सभा एवं ८ औं राष्ट्रिय महाधिवेशन छिट्टै गर्ने निर्णय लिएको छ । सो बैठकले माघ महिनामा बस्ने केन्द्रिय कमिटीको बैठकले स्थान र समय तोक्ने निर्णय पनि लिएको हो । साथै बैठकले गत पुस २० गते राजपत्रमा प्रकाशित सुचना अनुसार कृषि क्षेत्रमा वैदेशिक लगानी आउने कुरा अत्यन्तै दुःखद भएकोले त्यसको घोर विरोध गर्ने र चरणवद्ध रुपमा एसोसिएसनका सातै प्रदेश, जिल्ला समिती, पालिका स्तरमा विरोध कार्यक्रम गर्ने निर्णय लिएको छ ।
एसोसिएसनको २२औं स्थापना दिवस आउँदो माघ ७ गते सातै प्रदेश, जिल्ला एवं क्षेत्रमा भव्य तरिकाले गत सालको जस्तै आश्रम, बालगृह, विद्यालय, हस्पिटल एवं अन्य विभिन्न स्थानमा दुध तथा दुग्ध पदार्थ वितरण गरि मनाउने र एसोसिएसनको आगामी बैठक माघ महिनाको दोश्रो हप्तामा बस्ने निर्णय भएको कुरा एसोसिएसनका महासचिव प्रल्हाद दाहलले बताए ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ४मेगा केवलको लाखौं रकम अपचलन गर्ने पौडेल फरार
- ५चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ६टोखाको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल आठ वर्षमा ,२६ विधामा सात लाख ८५ हजार बिरामीको सेवा
- ७राष्ट्रिय एकता
- ८नेकपा शिवपुरी सिंगो गाउँपालिका प्रचण्ड–माधव समूहमा
तपाईको कमेन्ट लेख्नुहोस्