Techie IT
बिहीबार, कात्तिक ४,२०७८

साङ्गलामा ज्ञानलक्ष्मी डिजाइन एण्ड डिभेलपर्सले निशुल्क घर नक्सा परामर्श दिने


तारर्केश्वर नगरपालिका वडा न १ साङ्गलामा  ज्ञानलक्ष्मी डिजाइन एण्ड डिभेलप्र्स प्रा लिले निर्माण हुने आवास हरुको घर नक्शा तथा इन्जिनियरिङ परामर्श सेवा निःशुल्क  दिने भएको छ ।

ज्ञानलक्ष्मी डिजाइन एण्ड डिभेलप्र्स प्रा लि का अध्यक्ष समेत रहेका सोही वडा निवासी ईन्जीनियर बिक्रम श्रेष्ठले आफ्नो टोलबासीहरु लाई केही सहयोग गर्ने उद्देश्यले सो अभियानको सुरुवात गरेको बताए ।

वडा अन्र्तगत निमार्ण हुने आवासहरुको घर नक्सा तथा इन्जीनियरीङ्ग सम्बन्धि सम्पूर्ण कार्य माघ १५ गते देखी असार मसान्त सम्म निःशुल्क गरिने ईन्जीनियर बिक्रम श्रेष्ठले बताए ।

सो सेवा सम्बन्धि वडा कार्यालयले सूचना मार्फत सुबिधा लिन आग्रह समेत गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #ज्ञानलक्ष्मी डिजाइन एण्ड डिभेलपर्स


तपाईको कमेन्ट लेख्नुहोस्