श्रीमतीको बञ्चरो प्रहार गरी हत्या गरेर फरार रहेका एक व्यक्ति झुण्डिएको अवस्थामा मृत फेला

आफ्नै श्रीमतीको बञ्चरो प्रहार गरी हत्या गरेर फरार रहेका एक व्यक्ति झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । पाँचथरको हिलिहाङ–५ सुभाङका ३२ वर्षीय धनकुमार उभरकोटी घरबाट करिब तीन किलोमिटर पूर्व जङ्गलमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
गत पुस ९ गते मध्यरात श्रीमती ३० वर्षीया दुर्गादेवी उभरकोटीको टाउकोमा बञ्चरो प्रहार गरी हत्या गरेपश्चात् फरार रहेका उनी बुधबार गाउँकै जङ्गलमा झुण्डिएर मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । पात्ले (कटुस)को रुखमा प्लास्टिकको डोरीले पासो लगाई झुण्डिएको अवस्था स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
शव गन्हाउने भएकाले करिब एक हप्ताअघि नै उनले आत्महत्या गरेको हुनसक्ने स्थानीयवासीले अनुमान गरेका छन् । फिदिमस्थित पाँचथर जिल्ला अस्पतालमा शव परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । गत पुस ९ गते मध्यरात धनबहादुरले टाउकोमा बञ्चरोले प्रहार गर्दा दुर्गादेवीको मृत्यु भएको थियो । घटनापछि फरार धनबहादुरलाई प्रहरीले खोजी गर्दै आएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #झुण्डिएको अवस्थामा मृत फेला
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ५झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ६चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ७आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ८राष्ट्रिय एकता
तपाईको कमेन्ट लेख्नुहोस्