टोखा ३ झुडोलमा कृषि संकलन केन्द्रको स्थापना सम्बन्धी स्थलगत अध्ययन

टाेखा नगरपालिकामा स्थानिय कृषकहरुद्धारा उत्पादित कृषिको उचित व्यवस्थापन तथा बजारीकरण गर्न सहजताको लागी टोखा नगरपालिका वडा नं.३ झुडोलमा कृषि संकलन केन्द्रको स्थापना सम्बन्धी स्थलगत अध्ययन भएको छ । टोखा नगरपालिकाका उप-प्रमुख श्री ज्ञानमाया डंगोलको अग्रसरतामा कृषि शाखा प्रमुख,योजना प्रमुख, प्राविधिक प्रतिनिधिहरु,अमीन र स्थानीय कृषकहरुको समुहले टाेखा नगरपालिका वडा नं.३ स्थित झुडोलमा स्थलगत अवलोकन गर्नु भएको हो ।
अवलोकनको क्रममा टाेखानगर उप-प्रमुख ज्ञानमाया डंगोलले टाेखा नगर-प्रमुख र सम्बन्धित वडाध्यक्ष सँग छलफल गरी आगामी नगर कार्यपालिका बैठकमा केन्द्र स्थापनाका लागि पहल गर्ने बताउनु भएको छ । यो योजनाबाट कृषि संकलन केन्द्रको स्थापना भएपछि टाेखाका स्थानीय कृषकहरुको परिश्रम र मेहनेतलाई उचित मूल्य तथा बजारीकरण गर्न सहज वातावरण मिल्नेछ ।
Tokha Live
क्याटेगोरी : समाचार
ट्याग : #कृषि संकलन केन्द्र
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ५कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ६झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ७आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ८राष्ट्रिय एकता
तपाईको कमेन्ट लेख्नुहोस्