काठमाडौँ महानगरपालिका र मेलम्ची नगरपालिकाबीच भगिनी सम्बन्ध

काठमाडौँ महानगरपालिका र मेलम्ची नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्य र नगरपालिकाका प्रमुख डम्बर अर्यालले समझदारीपत्रमा हस्ताक्षर गरेर भगिनी सम्बन्ध शुरुआत गर्नुुभएको हो । कामपाले यसअघि मुलुकका रामग्राम र चन्दननाथ नगरपालिका तथा चीन, जापान, बेलारुस, म्यान्मा, दक्षिण र प्रजग कोरिया र भारतका गरी १२ शहर तथा मेलम्चीले इटालीको रोभरिटो नगरपालिकासँग भगिनी सम्बन्ध राखिसकेका छन् । सो समझदारीसँगै कामपाले निर्माणाधीन मेलम्ची नगरोद्यान निर्माणका लागि सहयोग गर्ने भएको छ ।
यसका लागि समेत दुई नगरबीच सम्झौता भएको छ । उद्यान मेलम्ची – १० मा निर्माण हुनेछ । इन्द्रावती नदीको किनारमा बन्ने उक्त उद्यानमा पानीको फोहरा, हेलिप्याड, बालबालिकाका लागि खेलकूद मैदानलगायत हुनेछ । उद्यानको डिजाइन मेलम्ची आफैँले गर्नुपर्नेछ । त्यसका लागि प्राविधिक सहयोग मागे कामपाले उपलब्ध गराउनेछ ।
आर्थिक वर्ष २०७७ । ०७८ मा निर्माण शुरु गरेर २०७८। ०७९ मा पूरा गर्नुपर्नेछ । उद्यान निर्माणका लागि एक करोड ५० लाख रुपैयाँ कामपाले सहयोग गर्नेछ भने बाँकी नगरपालिका आफैंँले ब्यहोर्ने छ । कार्यक्रमलाई सम्बोधन गर्दै कामपा प्रमुख शाक्यले मुलुकभित्रकै स्थानीय तहबीच भगिनी सम्बन्ध स्थापना गर्ने कार्य कामपाले गरिरहेको र यसबाट पर्यटनका लागि थप सहयोग पुग्ने बताउनुभयो ।
मेलम्चीका प्रमुख अर्यालले मेलम्ची गाउँ नै गाउँले भरिएकाले विस्तारै शहरी विकास गर्न लागिएको जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #भगिनी सम्बन्ध
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ५कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ६चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ७आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ८राष्ट्रिय एकता
तपाईको कमेन्ट लेख्नुहोस्